
काठमाडौ, २२ साउन
नेपालमा विगत २४ घण्टामा ३ सय ६० जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट ६ हजार ६ सय २२ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ४ सय ७० जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ जना रहेको छ । विगत २४ घण्टामा कोरोनाका कारण ५ ब्यक्तिको मृत्यु पुष्टि भएको छ भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ६५ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय ३३ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ९ सय ३७ जना, प्रदेश नं. २ मा ३ हजार २ सय ३४ जना, बागमती प्रदेशमा ५ सय ९१ जना, गण्डकी प्रदेशमा १ हजार ३ सय ६२ जना, प्रदेश नं. ५ मा ४ हजार ९७ जना, कर्णाली प्रदेशमा १ हजार ७ सय ७७ जना, र सुदुरपश्चिम प्रदेशमा ३ हजार ३ सय ९१ जना रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या ६ हजार २ सय ९६ रहेको छ । प्रदेश अनुसारको विवरण यसप्रकार रहेको छ । प्रदेश नं. १ मा ३ सय ५८ जना, प्रदेश नं. २ मा २ हजार ६ सय ९३ जना, बागमती प्रदेशमा ८ सय ३५ जना, गण्डकी प्रदेशमा २ सय ८० जना, प्रदेश नं. ५ मा ३ सय ७७ जना, कर्णाली प्रदेशमा २ सय ६३ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ४ सय ९० जना रहेको छ ।
त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. १ मा ४ जना, प्रदेश नं. २ मा २५ जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना, र सुदुरपश्चिम प्रदेशमा ७ जना रहेको छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ९ हजार ४ सय ७० रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ६ सय ५० जना, प्रदेश नं. २ मा १ हजार २ सय ८ जना, बागमती प्रदेशमा ७ सय ८४ जना, गण्डकी प्रदेशमा २ हजार ५ सय ६४ जना, प्रदेश नं. ५ मा १ हजार ३ सय १२ जना, कर्णाली प्रदेशमा ४ सय २६ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ५ सय २६ जना रहेको छ ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ६ रहेको छ । जसमा धनकुटा, खोटाङ, रुकुम पश्चिम, मुस्ताङ, मनाङ र संखुवासभा रहेका छन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या १ करोड ९० लाख २७ हजार ८ सय ५१ रहेको छ भने सक्रिय संक्रमित संख्या ६१ लाख ०४ हजार ९ सय ५५ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ७ लाख १२ हजार २ सय ३६ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड २२ लाख १० हजार ६ सय ६० जना रहेको छ ।

