आज थप ३ सय ८१ जना कोरोना पोजेटिभ, कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुग्यो

  • २१ श्रावण २०७७, बुधबार १९:१० मा प्रकाशित
  • काठमाडौ, २१ साउन
    नेपालमा विगत २४ घण्टामा ३ सय ८१ जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट ६ हजार ३ सय ५९ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ४ लाख १२ हजार ९ सय ५३ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ९ सय २५ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ७४ जना रहेको छ । विगत २४ घण्टामा कोरोनाका कारण २ ब्यक्तिको मृत्यु पुष्टि भएको छ भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ६० पुगेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ३० रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १५ हजार १ सय ५६ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ९ सय १६ जना, प्रदेश नं. २ मा ३ हजार २ सय १२ जना, बागमती प्रदेशमा ५ सय ४३ जना, गण्डकी प्रदेशमा १ हजार ३ सय ६२ जना, प्रदेश नं. ५ मा ४ हजार ८८ जना, कर्णाली प्रदेशमा १ हजार ७ सय ४४ जना, र सुदुरपश्चिम प्रदेशमा ३ हजार २ सय ९१ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या ६ हजार १ सय ७४ रहेको छ । प्रदेश अनुसारको विवरण यसप्रकार रहेको छ । प्रदेश नं. १ मा ३ सय १२ जना, प्रदेश नं. २ मा २ हजार ६ सय २२ जना, बागमती प्रदेशमा ७ सय ८५ जना, गण्डकी प्रदेशमा २ सय ७२ जना, प्रदेश नं. ५ मा ३ सय ४० जना, कर्णाली प्रदेशमा २ सय ९२ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ५ सय ५१ जना रहेको छ ।

    त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. १ मा २ जना, प्रदेश नं. २ मा २२ जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना, र सुदुरपश्चिम प्रदेशमा ७ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ९ हजार ९ सय २५ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ५ सय ८२ जना, प्रदेश नं. २ मा १ हजार २ सय १६ जना, बागमती प्रदेशमा ७ सय ९८ जना, गण्डकी प्रदेशमा २ हजार ६ सय ३३ जना, प्रदेश नं. ५ मा १ हजार ३ सय ८९ जना, कर्णाली प्रदेशमा ४ सय ६३ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ८ सय ४४ जना रहेको छ ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ७ रहेको छ । जसमा धनकुटा, खोटाङ, रुकुम पश्चिम, भोजपुर, मुस्ताङ, मनाङ र संखुवासभा रहेका छन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या १ करोड ८७ लाख २७ हजार २ सय ३८ रहेको छ भने सक्रिय संक्रमित संख्या ६० लाख ८१ हजार ७ सय ४५ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ७ लाख ०४ हजार ७ सय ८६ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड १९ लाख ४० हजार ७ सय ८६ जना रहेको छ ।
    .

    Leave a Reply