कार्यकक्ष भित्रै कुटिए उपसचिव प्रेम सञ्जेल

  • १७ श्रावण २०७७, शनिबार १६:०७ मा प्रकाशित
  • श्रम तथा रोजगार कार्यालय विराटनगर प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि आफ्नै कार्यकक्षमा कु ट पि’ट गरिएको छ । सार्वजानिक विदाको दिन समेत कार्यालयमा पुगेका सञ्जेललाई शनिबार ११ बजे त्यहि कार्यालयका दुईजना सहयोगीले कु’टपि’ट गरेका हुन् ।

    कार्यालयका सहयोगी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइराला समेत कार्यालयमा पुग्न साथ सञ्जेलको कार्य’कक्षमा प्रवेश गरेर भित्रबाट ढोका’को चुकुल लगाई कु’टपि’ट गरेको मोरङ प्रहरीका प्रमुख सन्तोष खड्काले जान’कारी दिनुभयो ।

    भ्रष्टाचार विरोधी सरकारी कर्म’चारीको छवि बनाएका उप–सचिव सञ्जेललाई योजना बनाएरै आ’क्रमण भएको आशंका गरिएको छ । मोरङ प्रहरी प्रमुख एसपी खड्काका अनुसार कार्या’लयकै कामको विषयमा उनीहरुबीच विवा’द उत्पन्न भएको देखिएको छ ।

    त्यस क्रममा उनीहरुले सञ्जलको कार्य’कक्षमा रहेको टेबुलमाथिको पेपर वेटको डल्लो, आफूले लगाएको चप्प’ल, नेल कटर, पञ्चिङ मेसिनले प्र’हार गरेको प्रहरीको भनाइ छ।

    दुवै जना कार्यालयका करार’का कर्मचारी हुन्। उनीहरुलाई कु’टपि’टमा संलग्न आरो’पमा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको एसपी खड्काले जानकारी दिनुभयो ।

    कार्यालय प्रमुख सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चो’ट लागेको र ओठ फु’टेको छ । कार्यालयमा फाँटमा खटिने कर्मचारीले सेवाग्राहीको काम नगरेको गुनासो गरिए सञ्जेल आफैंले उनीहरुको काम गरिदिने गरेको छवी समेत बनाउन सफल मानिन्छन् ।

    रु’खो बोलि बोलेर भएपनि सेवाग्राहीको समस्या बुझ्ने कार्या’लय प्रमुखको छवी बोकेका सञ्जेलले कर्मचारी र आफ्नो कार्यालयले भने जस्तो काम गर्न नसकेको गुनासो सधैं गर्ने ग’रेको सुनिन्थ्यो ।

    आर्थिक वर्ष २०७६÷२०७७ को कार्यसम्पादन मूल्यांकन उच्च नरहेको भन्दै आफूलाई र आफ्नो कार्यालयका कर्मचारीलाई कुनै पनि पुर’स्कार दिनु नपर्ने बताउँदै जिल्ला प्रशासन कार्यालयमा यो वर्षको कार्यसम्पादन मूल्यांकन विवरण पेश गर्ने सञ्जेल मात्रै एक्का हाकिम हुन् ।

    देशभरमा र अन्तराष्ट्रियस्तरमा पनि म कार्यरत रहेको कार्यालयबाट कुनै जाजल्यवान काम नगरेकोले पुरस्कृत पाउनुपर्ने कुनै दावी छैन भनि जिल्ला प्रशासन कार्यालयमा कार्यसम्वादन मूल्यांकन पेश गरिएको छ । – आवर विराटनगर बाट साभार

    One thought on “कार्यकक्ष भित्रै कुटिए उपसचिव प्रेम सञ्जेल

    1. yesto hunahaar hakim lai hatpat garne karmchaari lai 10 barsha jel chalan ani jagir bat nilamn gari tin pusatale sarkaari nokari paunu hudaina prem sanjel sir desko akmaatra hunahar karmchari ho

    Leave a Reply