नेपालमा श्रावण १७ गते बक्रइद, आ-आफ्नै ठाउँमा प्राथना गर्न नेपाली जामे मस्जिदको अनुरोध ।

  • १३ श्रावण २०७७, मंगलवार १८:२६ मा प्रकाशित
  • रम्जान “समर्पण”

    १३ श्रावण २०७७! यहि आउँदो श्रावण १७ गते शनिबार मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व ईद-उल अज्हा पर्न गइरहेको अवसरमा नेपाली जामे मस्जिद सञ्चालक समितिले सम्पुर्ण नेपालमा बसोबास गर्ने नेपाली मुस्लिमहरुलाई इद उल अज्हाको प्रार्थना आ आफ्नै ठाउँमा गर्न अनुरोध गरेको छ ।


    बिश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सामाजिक दुरि कायम गर्दै साबधानी अपानाउन र यसबाट सुरक्षित रहनका लागि समितीले बैठक बसेर यो निर्णय गरेको हो ।


    संचालक समितिले बैठकको निर्णयलाइ बिग्यप्ती निकाल्दै सरकारको नियम पालना र सामाजिक सद्भावका लागि यो विषम परिस्थितिमा इद को नमाज सामुहिक रुपमा नपढी आ आफ्नै ठाउँमा पड्न अनुरोध गरिएको छ ।


    यसै अबस्थालाइ मध्यनजर गर्दै मुस्लिम समुदायले दुई महिना पहिलेको इद उल फित्रको नमाज पनि आ आफ्नै घरमा पडेका थिए ।

    Leave a Reply