दाङमा थप ५ जनामा कोरोना संक्रमण भएको पुष्टि, योसँगै कोरोना संक्रमितको संख्या ६ सय ४९ पुग्यो

  • १२ श्रावण २०७७, सोमबार २१:३२ मा प्रकाशित
  • वसन्त अनुभव

    दाङ, १२ साउन
    दाङ जिल्लाका थप ५ जना ब्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भेरी अस्पताल प्रयोगशाला, नेपालगन्ज बाँकेमा RT-PCR प्रविधिबाट गरिएको स्वाव परिक्षणबाट दाङ तुलसीपुरका ५ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ६ सय ४९ पुगेको छ ।

    संक्रमित हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का एक १६ बर्षिय पुरुष, त्यस्तै वडा नम्बर १४ का २४, ३१, ३६ र ३६ बर्षका पुरुष रहेका छन ।

    दाङमा हालसम्म पुष्टि भएका ६ सय ४९ जना कोरोना संक्रमित मध्ये ६ सय ३ जना कोरोना मुक्त भैसकेका छन । बाकी संक्रमित पनि सकुशल रहेको बताइएको छ ।

    Leave a Reply