वसन्त अनुभव

काठमाडौ, ११ साउन
नेपालमा विगत २४ घण्टामा १ सय ३० जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
विगत २४ घण्टामा भएको RT-PCR बिधिबाट गरिएको स्वाव नमुना परिक्षणमा पोजेटिभ देखिएकाहरुको विवरण :
कोशी अस्पताल प्रयोगशालामा विराटनगर
झापाका १ जना
मोरङका ३ जना
इलामका ८ जना
सिरहाका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर
मोरङका २३ जना
सुनसरीका २ जना
उदयरपुर १ जना
तेह्रथुमका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर
धनुषाका १ जना
महोत्तरीका २ जना
नारायणी अस्पताल वीरगञ्ज
पर्साका १ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु
दाङका १ जना
काठमाडौंका २ जना
नुवाकोटका १ जना
सोलुखुम्बुका २ जना
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
काठमाडौं ३ जना
पर्साका ३ जना
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा
नवलपरासी पूर्वका २ जना
रौतहट १ जना
मकवानपुरका १ जना
त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं
बाराका १ जना
स्टार अस्पताल प्रयोगशाला सानेपा
कास्कीका १ जना
काठमाडौंका ३ जना
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा
गोरखा २ जना
कास्कीका २ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही
गुल्मी १ जना
रुपन्देही १ जना
अर्घाखाँचीका १ जना
भेरी अस्पताल नेपालगञ्ज
बाँकेमा २ जना
बर्दियाका ६ जना
जुम्लाका १ जना
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल
रोल्पाका ३ जना
सुर्खेत प्रादेशिक अस्पताल सुर्खेत
दैलेखका १ जना
सुर्खेतका ३ जना
दैलेख आरटी पिसिआर प्रयोगशाला दैलेख
दैलेखका २४ जना
सेती प्रादेशिक अस्पताल धनगढी
अछामका १४ जना
बाजुराका ३ जना
कञ्चनपुरका १ जना
बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट ३ हजार ३ सय जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ३ लाख ४२ हजार ४ सय ५७ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १७ हजार ९ सय ३ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ४० जना रहेको छ । विगत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ४५ रहेको छ ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७५ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १३ हजार १ सय २८ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ७ सय ७५ जना, प्रदेश नं. २ मा २ हजार ९ सय ४४ जना, बागमती प्रदेशमा ४ सय ६८ जना, गण्डकी प्रदेशमा १ हजार १ सय ५१ जना, प्रदेश नं. ५ मा ३ हजार ९ सय ०३ जना, कर्णाली प्रदेशमा १ हजार ५ सय ८५ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ३ सय २ जना रहेकोे छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या ५ हजार ४ सय ४० रर्हेको छ । प्रदेश अनुसारको विवरण यसप्रकार रहेको छ । प्रदेश नं. १ मा १ सय ८६ जना, प्रदेश नं. २ मा १ हजार ८ सय ७३ जना, बागमती प्रदेशमा ४ सय ४४ जना, गण्डकी प्रदेशमा २ सय ९४ जना, प्रदेश नं. ५ मा ३ सय ५८ जना, कर्णाली प्रदेशमा ३ सय ६७ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ९ सय १८ जना रहेकोे छ ।
त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. २ मा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना, र सुदुरपश्चिम प्रदेशमा ६ जना रहेकोे छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या १७ हजार ९ सय ०३ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार ५३ जना, प्रदेश नं. २ मा २ हजार ७ सय ४७ जना, बागमती प्रदेशमा १ हजार २ सय ९४ जना, गण्डकी प्रदेशमा ३ हजार ४ सय ४९ जना, प्रदेश नं. ५ मा २ हजार ५ सय ३९ जना, कर्णाली प्रदेशमा ९ सय ४८ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार ८ सय ३३ जना रहेकोे छ ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ६ पुगेको छ । जसमा भोजपुर, मुस्ताङ, मनाङ, संखुवासभा, पाँचथर र रसुवा रहेका छन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या १,६२,०६,०४२ रहेको छ भने सक्रिय संक्रमित संख्या ५६,४९,१८१ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ६,४८,८६२ पुगेको छ । निको भई घर फर्कनेको संख्या ९९,२७,९९९ जना रहेको छ ।





