सल्यान ७, साउन । बोलेरो गाडी र मोटरसाइकल एकआपसमा ठोक्किदाँ सल्यानमा एक जना कर्मचारी गम्भीर घाइते भएका छन् । खलंगा-श्रीनगर सडक खण्डको मैसेपानी क्षेत्रमा बुधबार दिउँसो १ बजेतीर भएको दुर्घटनामा परेर नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी घनश्याम न्याैपाने घाइते भएका हुन् ।
मोटरसाईकल चालक रहेका न्यौपानेकाे घर शारदा नगरपालिका १ हाे । श्रीनगरबाट खलंगा आउदैँ गरेको न्याैपाने सवार रा ५ प ६८०१ नम्वरको मोटरसाइकल र खलंगा देखी श्रीनगर तर्फ जादैँ गरेको भे १ च १२९९ नम्वरको बोलेरो पिकअप एकआपसमा ठोक्किएर दुर्घटना भएको सल्यान प्रहरी प्रमुख, डिएसपि ढकेन्द्र खतिवडाले जानकारी दिए ।
घाइते मोटरसाइकल चालकलाई सल्यान जिल्ला अस्पतालमा प्राथामिक उपचार पश्चात थप उपचारको लागी नेपालगन्ज रिफर गरिएको छ । उनको दुवै खुट्टा भाँचिएको जनाइएको छ । अहिले गाडी र गाडी चालक दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

