वसन्त अनुभव

काठमाडौ, ७ साउन
नेपालमा विगत २४ घण्टामा १ सय जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
आज भएको RT-PCR बिधिबाट गरिएको स्वाव नमुना परिक्षणमा पोजेटिभ देखिएकाहरुको विवरण :
वि.पि. काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
सुनसरी – ४ जना
प्रादेशिक क्षयरोग अस्पताल प्रयोगशाला, पोखरा
लमजुङ – ७ जना
स्याङ्जा – ३ जना
बागलुङ – ३ जना
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला, जुम्ला
कालिकोट – ६ जना
कोशी अस्पताल प्रयोगशाला, विराटनगर
मोरङ – ३ जना
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशाला, टेकु
काठमाडौ – १ जना
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला, चितवन
चितवन – १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर
झापा – १ जना
ताप्लेजुङ – ३ जना
नारायणी अस्पताल प्रयोगशाला, विरगन्ज
बारा – ३ जना
पर्सा – ६ जना
गजेन्द्रनारायण सिंह अस्पताल प्रयाेगशाला, राजविराज, सप्तरी
सप्तरी – १८ जना
डडेल्धुरा अस्पताल प्रयोगशाला, डडेल्धुरा
बझाङ – १ जना
डोटी – ७ जना
काेभिड १९ परिक्षण प्रयाेगशाला, दैलेख
दैलेख – १६ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुर
धनुषा – ५ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु
सर्लाही – २ जना
काठमाडौ – २ जना
वीर अस्पताल प्रयोगशाला, काठमाडौ
सर्लाही – १ जना
भेरी अस्पताल प्रयोगशाला, नेपालगन्ज
बाँके – ३ जना
बर्दिया – २ जना
सल्यान – २ जना
बिगत २४ घण्टामा नेपालका विभिन्न २८ वटा प्रयोगशालामा RT-PCR बिधिबाट ३ हजार ७ सय ७९ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ३ लाख २७ हजार ६ सय १४ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या २० हजार ८ सय ४२ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ७० जना रहेको छ । विगत २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ४२ रहेको छ ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय ०७ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १२ हजार ६ सय ८४ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ७ सय ५२ जना, प्रदेश नं. २ मा २ हजार ८ सय ३५ जना, बागमती प्रदेशमा ४ सय ५६ जना, गण्डकी प्रदेशमा १ हजार २४ जना, प्रदेश नं. ५ मा ३ हजार ८ सय ४८ जना, कर्णाली प्रदेशमा १ हजार ५ सय ६७ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार २ सय २ जना रहेकोे छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार प्रदेश नं. १ मा सक्रिय संक्रमित संख्या १ सय १९ जना, प्रदेश नं. २ मा १ हजार ८ सय ७८ जना, बागमती प्रदेशमा ४ सय २० जना, गण्डकी प्रदेशमा ३ सय ८९ जना, प्रदेश नं. ५ मा ३ सय ४५ जना, कर्णाली प्रदेशमा २ सय ९० जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ९ सय २७ जना रहेकोे छ ।
त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. २ मा ७ जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना, र सुदुरपश्चिम प्रदेशमा ६ जना रहेकोे छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या २० हजार ८ सय ४२ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार ५ सय ५८ जना, प्रदेश नं. २ मा २ हजार ३ सय ९७ जना, बागमती प्रदेशमा १ हजार ४ सय ८४ जना, गण्डकी प्रदेशमा ३ हजार ३ सय ०९ जना, प्रदेश नं. ५ मा ३ हजार २ सय २४ जना, कर्णाली प्रदेशमा १ हजार ३ सय ०८ जना, र सुदुरपश्चिम प्रदेशमा ६ हजार ५ सय ६२ जना रहेकोे छ ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ७ पुगेको छ । जसमा भोजपुर, धनकुटा, मुस्ताङ, मनाङ, संखुवासभा, पाँचथर र रसुवा रहेका छन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या १,५१,००,२८६ रहेको छ भने सक्रिय संक्रमित संख्या ५३,६३,१५७ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ६,१९,६३१ पुगेको छ । निको भई घर फर्कनेको संख्या ९१,१७,४९८ जना रहेको छ ।





