गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सब-इन्जिनियर साढे एक लाख घुससहित पक्राउ

  • ५ श्रावण २०७७, सोमबार १५:५२ मा प्रकाशित
  • ललितपुरको गोदावरी नगरपालिकाका दुई जना कर्मचारी एक लाख ५० हजार घुससहित पक्राउ परेका छन्।

    सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सब इन्जिनियर किशोर मोक्तानलाई पक्राउ गरेको हो।

    ‘दुई जनालाई एक लाख ५० हजार घुस सहित पक्राउ गरिएको छ,’अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले भने,’खटिएको टोली फर्किसकेको छैन।’

    उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए। सेतोपाटीले छापेको छ।

    Leave a Reply