सत्तारुढ नेकपा स्थायी कमिटी बैठक साउन ६ गतेसम्मका लागि स्थगित

  • ४ श्रावण २०७७, आईतवार १३:१५ मा प्रकाशित
  • ४ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटीको बैठक पर्सिसम्मका लागि स्थगित भएको छ ।

    नेकपाको केन्द्रीय कार्यालयले विज्ञप्ति निकालेर बैठक पर्सि बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो । आज दिउँसो तीन बजेका लागि बोलाइएको बैठक एक्कासी स्थगित गरिएको हो ।

    यसअघि साउन २ गते बोलाइएको बैठक पनि आजका लागि सारिएको थियो । नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको यो सातौं पटक हो ।

    यसअघि बैठक स्थगित गरिएको सूचना महासचिव र प्रधानमन्त्रीको सचिवालयबाट आउने गरेपनि आज केन्द्रीय कार्यालयबाट आएको छ । बैठक स्थगित गरिएको विज्ञप्तिमा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालको हस्ताक्षर छ । हिमाल टिभी ।

    Leave a Reply