सुनसरीमा गोली चल्यो : तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप

  • ३ श्रावण २०७७, शनिबार १२:४७ मा प्रकाशित
  • काठमाडौं । सुनसरीमा शसस्त्र प्रहरी बल र तस्कर समूह बीच झडप भएको छ । झडपमा सशस्त्र प्रहरीका जवानसहित दुईजना घाइते भएका छन् ।

    तस्कर समूहले हतियार खोस्न खोजेपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर साहजब जट घाइते भएका छन् । तस्कर समूहको आक्रमणबाट जवान जीवराज विशंखे घाइते भएका छन् । न

    गएराती हरिनगरा गाउँपालिका–७ जटबरा स्थित दशगजामा भारतबाट अवैध रुपमा सामान ल्याउँदै गरेको समूहलाई बिओपी घुस्कीबाट खटिएको सशस्त्रको टोलीले नियन्त्रणमा लिन खोजेको थियो ।

    तस्कर समूहले बाँस र ढुंगा प्रहार गर्दै सशस्त्रको हतियार खोस्ने प्रयार गरेका थिए । स्थिति नियन्त्रणमा लिन एक राउण्ड गोली चलाइएको सशस्त्र प्रहरीले जनाएको छ । घाइते दुवैको धरानस्थित घोपा अस्पतालमा उपचार भइरहेको छ । रातोाटी बाट।

    Leave a Reply