विवादित व्यवसायी खड्काले दिए वैदेशिक रोजगार बोर्डबाट राजीनामा

  • १ श्रावण २०७७, बिहीबार २०:५५ मा प्रकाशित
  • १ साउन, काठमाडौं । मेडिकल व्यवसायी कैलाश खड्काले वैदेशिक रोजगार बोर्डको सदस्यबाट राजीनामा दिएका छन् । बोर्ड सदस्यका रुपमा भएको मनोनयनबारे सुरुमै विवाद भएपछि खड्काले बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई राजीनामापत्र बुझाएको मन्त्रालय स्रोतले बतायो ।

    यादवले गत आइतबार बोर्डमा दुई जना नयाँ सदस्य मनोनित गरेका थिए । वैदेशिक रोजगार विशेषज्ञ सदस्यका रुपमा मनोनित भएका खड्का विगतमा सरकारबाटै विदेसिने श्रमिकमाथि ठगीको आरोपमा कारवाही गरिएका मेडिकल व्यवसायी हुन् । अनालाइन खबर ले छापेको छ ।

    Leave a Reply