उमेश कुशवाहा
बीरगंज ३१ असार
नेपाल घर भई यूके बस्ने सामाजिक अभियान्ता नेपाली वेलफेयर सोसाइटी युकेको अध्यक्ष धन बहादुर कार्कीले पर्सा जिल्ला सखुवाप्रसौनी गाउँपालिका ५ को दलित युवा २५ वर्षीय सन्जोग महराको अप्रेसनको लागि रु ३०००० आर्थिक सहयोग गरेका छन्।
समाजसेवी धन बहादुर कार्कीले विपद्का समयमा थुप्रै सामाजिक कामहरुमा सहयोग गर्दै आईरहनु भएको छ। सामाजिक कार्यमा धेरै सक्रिय रहनुभएको छ।
नेपाल भरी लकडाउनको अवस्थामा नेपालको ७ वटा प्रदेशको १३ जिल्लामा विपन्नहरुलाई अहिलेसम्म ४८२ वटा घरधुरी लाई खाद्यान्न राहत वितरण गर्नु भएको छ।
विदेशमा रहेर पनि नेपाली समुदाय तथा विपन्नहरुलाई आवश्यक क्षेत्रमा सहयोग गर्दै आईरहेका छन।
सहयोगले सन्जोग महरा चमारको लिभरमा भएको पिपको अप्रेसनमा धेरै सहयोग पुग्ने छ।
त्यस्तै एसके फाउंडेशनको अध्यक्ष सुनिल आचार्यले महराको अप्रेसन तथा उपचारको लागि रु १५००० आर्थिक सहयोग गरेका छन्।
समाजसेवी आचार्यले सामाजिक कामहरुमा सहयोग गर्दै आईरहनु भएको छ, सामाजिक कार्यमा धेरै सक्रिय रहनुभएको छ।
सानो प्रयास नेपालको फाउन्डर शिवा सिल्वालले पनि महराको अप्रेसन तथा उपचारको लागि १०००० आर्थिक सहयोग गरेका छन्।
काठमाडौंमा रहेकोे सानो प्रयास नेपाल नामक संस्थाको फाउन्डर भएर बालबालिकाहरुलाई पालनपोषणमा आर्थिक सहयोग गर्दै आईरहनु भएको छन।
लकडाउनको समयमा नेपाल विभिन्न ठाउँमा गरिब ,मजदुर तथा प्रभावितहरुलाई खाद्यान्न राहत सहयोग समेत बितरण गरेका छन।
पर्सा जिल्ला दलित अधिकार समाज पर्सा,नेपाल र Peace4Dalits Foundation, Nepal अध्यक्ष मनोज रामले महराको ज्यान बचाऊन सहयोग गर्नु भएकोमा धन्यबाद दिनु भएको छन।
आफुहरु गरी खाने मान्छे एक समयको छाक टार्न पनि कठिनाई हुन्छ, यदि तपाईहरु न भएको भए आज छोरोको मुख हेर्न पनि सायद सक्दैन थियो होला महराको बुवा आमामा रुदै आफ्नो दुःखेसो पोखनु भयो।
सन्जोग चमारको बुबा,आमा ले धेरै धेरै धन्यवाद दिनु भएको छ,सन्जोग महरा चमारको जीवन रक्षामा धेरै सहयोग हुनेछ,भन्दै उहाँको मनकारी भावनालाई सलाम तथा धन्यवाद रहेको जानकारी गराउनु भएको छ ।
अझ पनि सहयोगको आवश्कता रहेको छ।
बिरामीको बुबाको नाम : बागर महारा चमार +977 9817239764
दलित अधिकार समाज पर्साका अध्यक्ष मनोज राम : +977 9817229817
A/C Holder Name: DALIT ADHIKAAR SAMAAJ,PARSA , NEPAL
Account Number: 06810300854013
Pakahamainpur ,branch , parsa
Bank Name: Civil Bank


