थबाङ, रोल्पा, असार २४

थबाङ गाउँपालिका रोल्पाले बिद्युत पहुँच नपुगेका ४८ गरिब घरपरिवारलाई नि:शुल्क सोलार वितरण गर्ने भएको छ ।
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र खुमलटारको सहयोगमा बिद्युत पुग्न नसकेका ग्रामिण भेगका वस्तीहरुमा सोलार वितरण गर्न लागिएको थबाङ गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीले बताउनु भयो ।
सोही अनुरुप वडा नं ५ उवाका १० घरपरिवारलाई बुधबार प्रति घर १ सेटका दरले १० सेट नि:शुल्क सोलार वितरण गरिएको छ ।
उक्त सोलार सेटहरु वडाको सिफारिसमा विद्युत नपुगेका स्थानियहरुलाई वितरण गरिएको र बाकी वडामा पनि वडाले पठाए अनुसारको सुचिका आधारमा सोलार वितरण गरिने उहाले बताउनु भयो ।
थबाङ गाउँपालिका वडा नं १ ,२ र ३ मा प्रति वडा १० सेटका दरले ३० सेट सोलार वितरण गरिनेछ भने वडा नं ४ र ५ मा १८ सेट सोलार वितरण गरिने प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकीले बताउनु भयो ।
लक डाउनको कारण गाउँपालिकामा सोलार अलि ढिला आइपुग्यो र हामीले सबै वडामा सुचना गरेको छौ, क्रमश सबै वडामा सोलार वितरण गरिने प्रमुख प्रशासकिय अधिकृत बुढाथोकीले बताउनु भयो ।

