आत्महत्या गर्नुपर्ने बाध्यता र समाधान का उपाय, एनआरएनए आइ सि सि सदस्य यासमिन बेगम सैयद

  • २२ असार २०७७, सोमबार २१:३४ मा प्रकाशित
  • २२ असार २०७७! बिश्वब्यापी रुपमा फैलिएको कोरोना क़हरका कारण नेपाली समाजमा प्रत्यक्ष असर परेर बिबिध समस्याका कारणहरुले गर्दा आत्महत्या ज़स्तो अत्यन्त जटिल समस्या लाई निर्मुल पार्न तथा सचेतना फैलाऊने मुख्य उद्देश्यका साथ दीपसंचार मीडिया मार्फ़त गरीएको प्रत्यक्ष प्रशारणमा आत्महत्या गरिनुपर्ने बाध्यता र यसको समाधानका उपाय बारेमा साउदी अरबकी सकृय महिला समाजिक अभियन्ता एनआरएनए आइ सि सि सदस्य यासमिन बेगम सैयदले आफ्नो गहकिलो भनाइ राख्नु भएको छ ।
    कोभिड -१९ को भयानक समस्याले हरेक उमेरका ब्यक्ति विशेषहरुको मानसिकता मा कसरी प्रभाव पार्छ ? यसबाट बच्न के कस्तो रुपमा उपचार हुनुपर्छ आदि इत्यादि प्रश्न तथा जिज्ञासा हरु बारे नेपालका वरिष्ठ मनोरोग बिशेषज्ञ डाक्टरहरुको परामर्शको लागी नेपालबाट प्रसिद्ध नसा तथा मानसिक रोग विशेषज्ञ डा. प्रभाकर पोख्रेल, डा. निशिता पाठक र डा. रितेश थापा साथै मानसिक रोग मनोविद् द्वय अनुप राज भण्डारी र तृष्णा क्षेत्रीको उपस्थिति रहेको थियो साथै कोरोनालाई पराजित गर्न सफल तथा पत्रकार महासंग कतार शाखाका का अध्यक्ष करीम बक्स मिया ज्यूँ को अनुभव र अनुभूतिले कार्यक्रमलाई थप सहज बनाएको थियो।
    एन आर एन ए -आइसीसी का सचिव आर .के शर्मा , मध्यपूर्व यूवा संयोजक राज रेग्मी , मध्यपूर्व का एनसीसी अध्यक्षहरु मध्य कतारबाट मोहम्मद मुक्तादा मुसलमान, साउदिबाट तेज बहादुर थापा र मलेशियाबाट हरि भट्टराईको प्रत्यक्ष सहभागिता रहेको थियो भने क़तारमा रहेका डा.नितेश अर्यालको संयोजकत्व मा डाक्टर संजीब सापकोटा र भाई दीपजंग शाहको विशेष सहजीकरण मा दीपसंचार मीडिया मार्फ़त प्रत्यक्ष प्रसारण गरिएको थियो ।


    कार्यक्रममा आफ्नो भनाइ राख्दै बेगमले भन्नुभयो “कोरोना को क़हर ले बिश्वलाई नै आक्रांत पारेर आर्थिक ,समाजिक राजनीतिक , तथा बिभिन्न क्षेत्र लाई शिथिल बनाई रहेको अवस्थामा यसको प्रकोप ले हाम्रो घर परिवार र सिंगो समाज मा नै नकारात्मक मानसिक असर पारी रहेको देखींछ जस्को दुष्परिणाम स्वरुप आर्थिक कारोबार अन्तर्गत का व्यापार व्यवसाय ठप्प हूदा , कोरोना संक्रमित रोगी लाई घर परिवार तथा समाज ले गरेको दुर्व्यवहार तथा हीन ब्यवहार का कारण , प्रेमी प्रेमिका बिच तनाव हूदा, श्रीमान श्रीमती बिच आपसी तालमेल नमिलेका कारण , घरेलू हिंसाका कारण ,अनैतिक सम्बंधका कारण , वैदेशिक रोज़गारका क्रममा घरपरिवार देखी टाढा हूदा आइपरेका उतारचढ़ाव का कारण , रोज़गारी गुमेका कारण , परीवार बिच सामान्य मनमुटाव , शारीरिक दुर्बलता , आफ़ंतको मृत्यु या बियोग पर्नु , हमेशा नकारात्मक सोच आइ रहनु , समाजिक संजालमा निरन्तर आइरहेका दुःखद घटना का समाचार हरुका कारण , सामान्य कुरामा अनावश्यक चिंता लिनु , सामाजिक ज़ाती विभेदका कारण ले पीड़ित महसूस गर्दा , आफुले रोजेका जीवनसाथी को साथ नपाऊदा , पढ़ाईमा चाहे ज़स्तो परिणाम नआऊदा दीर्घरोगले गर्दा बाच्ने रहर नहुने , ऋण व्यवहार जस्ता अन्य बिबिध कारण हरुले गर्दा यस्को प्रत्यक्ष असर ब्यक्तिक़ो मानसिकतामा पर्ने हूदा त्यस्ता ब्यक्तिहरु केहि सकारात्मक सोच्न नसक्ने अवस्थामा निराशाको चरम उत्कर्षमा पुगी आत्महत्या गरी आफ्नो अमुल्य जीवन नै अनाहक मा गुमाऊन पुगेको देखिंछ जून प्रकारका घटनाहरु अहिले दैनिक ज़स्तो समाचार बनेर आइरहेको छ जस्ले गर्दा आत्महत्या गर्ने व्यक्ति हरुको संख्या दिन प्रतिदिन बढ़दो स्थितिमा पुगेको देखिंछ ।”

    “जब कुनै पनी घर परिवार का सदस्य वा समाज मा रहेका अन्य निकटका व्यक्ति हरुको दैनिकी , बोलि ब्यवहार , उसले गर्ने देखाउने हाऊभाऊ , कुराक़ानी मा असमान्यता , सास फ़ेर्न नसक्नु को समस्या , अनिद्रा को समस्या देखा पर्नु, बिना औषधि सुत्न नसक्नु ,एक्लै बस्न रुचाऊनू ,रमाइलो समयमा पनी ख़ुशी हुन नसक्नु आदि जस्तों आचरण देखा परेमा त्यों व्यक्ति मा कहिकतै कुनै न कुनै समस्या छ जून उसले खुलेर भन्न या गर्न सकेको छैन भन्ने विषयमा घरपरिवार ले बूझ्नू वा मनन गर्नू अति आवश्यक छ ।

    यदि घरपरिवार का कुनै व्यक्तिमा यसप्रकारक़ो समस्या देखीएमा परिवारका अन्य सदस्यले उक्त ब्यक्तिलाई आत्मीय माया बोलि ब्यवहारका साथ सम्झाऊनु , बूझ्नू अति आवश्यक छ । त्यस्ता मानसिक रूपमा बिक्षिप्त रहेका ब्यक्ति लाई पारिवारिक सपोर्ट , सहानुभूति दिदै उनीहरुका समस्या त केहि पनी होईन आफुले पाएको अमुल्य जीवन सुखमय रूपले ज़ीउनु पर्छ भन्ने जीवनका अन्य सुनौलो दिनहरुको आभास गराऊदैं त्यस्ता व्यक्तिको समस्या लाई पहिचान गरि उस्को आत्मबिश्वासलाई स्व हेरबिचार , विशिष्ट सहयोग स्वरुप दैनिकी मा परिवर्तन गराउन योग ,धार्मिक ,आत्याधमिक तथा शारीरिक व्यायाम मार्फ़त तनावमुक्त दिमाग़ ,सकारात्मक सोचको विकास अन्तर्गत प्राथमिक चरणमा घर बाटै राम्रो पारिवारिक वातावरण को शुरूवात गर्नू पर्छ।

    यदि सामान्य तवरमा अझ समस्याको स्वरुपमा परिवर्तन देखा परेंन भने त्यस्ता ब्यक्ति हरु डिप्रेशनमा गई कुनै ग़लत कदम चाल्नु अग़ावै ढीलासुस्ती नगरी दक्ष तथा लाईसेंस प्राप्त वरिष्ठ मनोरोग बिशेषज्ञ , मनोबिद, मनोवैज्ञानिक कहा गई मनोपरामर्श लिनु पर्छ उहाँहरुको परामर्श अनुरूप रोगको पहिचान गरी उपचार पद्धति तत्काल शुरू गर्नू पर्दछ ।
    साथै अन्तमा आत्महत्याको घटना निर्मुल पार्नू ब्यक्ति स्वयं उसको घरपरिवार समाज तथा राज्य सबैको समान कर्तव्य र दायित्व रहेको बताउदै जस बारे सबै पक्ष सहज र सतर्क रही घटना बाट बाचौ र बचाऊ भन्ने सोच गर्दै बढ्न आग्रह गर्नुभयो ।

    Leave a Reply