मेलम्ची बजारका बिभिन्न ठाँउमा सि सि क्यामेरा जडान

  • २१ असार २०७७, आईतवार १७:०१ मा प्रकाशित


  • सुशील सुबेदी

    सिसि क्यामेराकाे ब्यबस्था नहुँदा विभिन्न समयमा असुरक्षित बनेकाे मेलम्ची बजार क्षेत्रमा अाज सिसि क्यामेरा जडान गरीएकाे छ ।बजार क्षेत्रकाे सुरक्षा सम्बेदनशिलता लाई मध्येनजर गर्दै क्यामेरा जडान गरीएकाे मेलम्ची नगरपालिकाले जनाएकाे छ ।
    इलाका प्रहरी कार्यालयमा २ वटा र अरु बाँकी खानेपानी कार्यालय देखी बजार आसपासमा जडान गरिएको मेलम्ची नगर पालिकाका प्रमुख डम्बर अर्यालले बताउनुभयो।
    १३ वटा उक्त सि सि क्यामेरा जडानमा मेलम्ची नगरपालिकाले दश लाख रुपैया र उपभोक्ता समिती बाट रु साठ्ठी हजार रुपँैया गरि दश लाख साठ्ठी हजार रुपैँया लागतमा जडान गरिएको उपभोक्ता समितीका सँयोजक गुणनिधी दुलालले जानकारी दिनुभयो । सि सि क्यामेरा भएपछी सुरक्षामा सजिलो हुने ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल ब तामाङले बताउनुभयो ।

    Leave a Reply