कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानियद्वारा अबरोध, प्रहरीले हान्यो अश्रुग्यास

  • २० असार २०७७, शनिबार २३:१९ मा प्रकाशित
  • गोरखा । बर्तमान समयमा बिश्वभरि फैलिएको कोरानाका कारण नेपालमा पनि दिनानुदिन संक्रमितको संख्या बढिरहेको अबस्थामा सनिबार गोरखामा एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमित कारण मृत्यू भएकाको शव व्यवस्थापनको क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ ।

    स्थानियवासीहरुको अबरोध बडेपछि प्रहरीले अबरोध हटाउनका लागि केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । गोरखा पालुङटार नगरपालिका-७ का ४४ वर्षीय पुरुषको शव गोरखा नगरपालिका-१२ र शहीद लखन गाउँपालिका-१ को सीमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको थियो ।

    असार १६ गते कतारबाट आएका पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको थियो । शवलाई अन्त्यष्टि गर्न उक्त स्थानमा नगर्नका लागि स्थानीयवासीले त्यसको विरोध गरेका छन् ।

    Leave a Reply