साउदीबाट २५ सय ४७ जना संगै ४० जनाको शव स्वदेश फर्किए।

  • २० असार २०७७, शनिबार २२:१८ मा प्रकाशित
  • शुक्र मोक्तान

    साउदी अरब |साउदी अरबबाट नेपाल वायुसेवाको विमानले पछिल्लो समय जुलाई ३ मा एकै दिन दुई चार्टरउडान भरेको छ । एयरलाइन्सले जुलाई ३ तारिख राती साउदीको राजधानी रियादबाट चौथो र पूर्वी शहर दमामबाट पहिलोपटक चार्टर उडान गरेको हो ।

    रियादबाट भएको उडानबाट यहाँ समस्यामा परेका र विभिन्न कारणले स्वदेश फर्किन नपाएकाहरू मध्ये २४९ जना स्वदेश फर्काइएको दूतावासले जनाएको छ । दूतावासका अनुसार करार अवधि पूरा भएका, रोजगारी गुमाएका, पारिवारिक भिसामा आएका लगायत अन्य समस्यामा भएका नेपाल फर्किनु पर्नेहरु स्वदेश फर्किएका छन् ।

    त्यसै गरी गैर आवसिय नेपाली संघका मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालका अनुसार सोही दिन राती (जुलाई ३ तारिख) नेपाल एयरलाइन्सले दमामबाट भरेको पहिलो उडानबाट १ महिला सहित १४५ जना र सोही दिन हिमालय एयरलाइन्सको छैठौँ उडानबाट २ महिला सहित १५४ जना गरी कुल २ सय ९९ जना स्वदेश फर्किएको छ । अर्यालका अनुसार उडानबाट नेपाल सरकारले तय गरिएको प्राथमिकताका आधारमा आधारित कोरोनाका कारण रोजगारी गुमाएका, दिर्घ बिरामी, अपांग, काजकिरियाका लागि जानुपर्ने लगायतका नेपाली श्रमिकहरू स्वदेश फर्किएका छन् ।

    यसरी नेपाल सरकारले गरेको सहजीकरणमा भएको उडान मार्फत हाल सम्ममा साउदी अरबबाट नेपाल फर्किनै पर्ने नेपाली नागरिकहरू मध्ये २५ सय ४७ जना स्वदेश फर्किसकेका छन्। जसमा नेपाल सरकार द्वारा निर्धारण गरिएको प्राथमिकताका आधारमा आधारित नेपाली नागरिकहरू परेका छन्।

    NRNA NCC Saudi

    यस्तै साउदी अरबमा विभिन्न कारणले मृत्यु भएका नेपालीहरू मध्ये रियादबाट जुलाई ३ मा भएको उडानमा ५ वटा र सोही दिन दमामबाट भएको हिमालय एयरको उडानमा २ गरी कुल ७ वटा शव नेपाल पठाइएको नेपाली दूतावास रियादले जनाएको छ। साउदीमा १८ जुन बाट सहजीकरणको उडान सूरू भए यता हाल सम्ममा कुल ४० जनाको शव नेपाली दूतावास रियादले अन्तिम संस्कारको लागी नेपाल पठाईएको छ।

    Dammam Airport
    Dammam Airport

    Leave a Reply