वसन्त अनुभव

काठमाडौ, १७ असार
नेपालमा विगत २४ घण्टामा ४८२ जना नयाँ संक्रमित थपिएका छन । जसमा ११७ जना महिला र ३६५ जना पुरुष रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रीफिङ कार्यक्रममा प्रबक्ता जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । जसमा १ हजार ७ सय ७४ जना महिला र १२ हजार २ सय ७२ जना पुरुष रहेका छन ।
आज भएको RT-PCR बिधिबाट गरिएको स्वाव नमुना परिक्षणमा पोजेटिभ देखिएकाहरुको विवरण :
वि पि मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
झापा – ६ महिला र १ पुरुष
सिराहा – १ महिला र १ पुरुष
सुनसरी – १ महिला
कोशी अस्पताल, बिराटनगर
मोरङ – १ पुरुष
ईलाम – २ महिला
झापा – २ महिला र ४ पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर
झापा – २ महिला र ५ पुरुष
मोरङ – १ पुरुष
ताप्लेजुङ – १ पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुर
धनुषा – २१ पुरुष
महोत्तरी – ३ महिला र ३३ पुरुष
नारायणी अस्पताल प्रयोगशाला, पर्सा
पर्सा – १ महिला
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु
अछाम – १० महिला र ४९ पुरुष
बझाङ – ४ महिला र १४ पुरुष
बाजुरा – २ महिला र ५ पुरुष
गोरखा – २ पुरुष
कैलाली – ४ महिला र १० पुरुष
कंचनपुर – १ पुरुष
पर्वत – १ पुरुष
शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल प्रयोगशाला, टेकु
काठमाडौ – २ महिला र ४ पुरुष
भरतपुर अस्पताल प्रयोगशाला, चितवन
गोरखा – १ महिला
चितवन – २ महिला र १० पुरुष
झापा – १ महिला
नवलपरासी पुर्व – २ महिला र ९ पुरुष
किटजन्य रोग अनुसन्धान प्रयोगशाला, हेटौंडा
बारा – १ पुरुष
धुलिखेल अस्पताल प्रयोगशाला, धुलिखेल
भक्तपुर – १ महिला
पाटन अस्पताल, ललितपुर
भक्तपुर – १ महिला
काठमाडौ – ३ महिला र १ पुरुष
मोरङ – १ महिला
ललितपुर – ३ महिला र २ पुरुष
विर अस्पताल, काठमाडौ
डोटी – ५ महिला र २ पुरुष
अछाम – १५ महिला र ५१ पुरुष
बाजुरा – ६ महिला र १२ पुरुष
डोटी – २ महिला र ९ पुरुष
कैलाली – २ महिला र ८ पुरुष
कंचनपुर – २ महिला र ७ पुरुष
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा
कास्की – ३ महिला
लमजुङ – १० पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, पोखरा
बागलुङ – २ महिला र १ पुरुष
स्याङ्जा – २ महिला र ६ पुरुष
तनहुँ – १ महिला
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही
अर्घाखाँची – १ पुरुष
गुल्मी – १ महिला र ७ पुरुष
नवलपरासी – १ महिला
पाल्पा – २ पुरुष
भेरी अस्पताल प्रयोगशाला, नेपालगन्ज
बाके – ७ महिला र ४ पुरुष
बर्दिया – २ महिला र ९ पुरुष
दैलेख – २ पुरुष
कालिकोट – २ पुरुष
सल्यान – ३ महिला र १२ पुरुष
सुर्खेत – ४ महिला र १८ पुरुष
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ
दाङ – २ महिला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
बाजुरा – ४ महिला र १४ पुरुष
जुम्ला – १ पुरुष
सेती प्रादेशिक अस्पताल प्रयोगशाला, धनगढी
अछाम – १ पुरुष
बैतडी – १ पुरुष
कैलाली – १ महिला र २ पुरुष
बिगत २४ घण्टामा अधिराज्यका २२ वटा प्रयोगशालाबाट RT-PCR बिधिबाट ४ हजार ८ सय ८६ जनाको कोरोना परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ४८ हजार १ सय ६२ जना र आइसोलेसनमा रहेका संक्रमितको संख्या ९ हजार ३ सय ६० जना रहेको छ । हालसम्ममा मृत्यु हुनेको संख्या भने ३० रहेको छ । त्यस्तै हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार प्रदेश नं. १ मा संक्रमित संख्या ६ सय २३ जना र आजमात्र संक्रमित २८ जना, प्रदेश नं. २ मा संक्रमित संख्या ३ हजार ८ सय ५६ जना र आजमात्र संक्रमित ६२ जना, बागमती प्रदेशमा संक्रमित संख्या ४ सय ५८ जना र आजमात्र संक्रमित ३० जना, गण्डकी प्रदेशमा संक्रमित संख्या १ हजार ५८ जना र आजमात्र संक्रमित ४१ जना रहेको छ ।
त्यस्तै प्रदेश नं. ५ मा संक्रमित संख्या ३ हजार ८ सय ४३ जना र आजमात्र संक्रमित ३६ जना, कर्णाली प्रदेशमा संक्रमित संख्या १ हजार ५ सय ०८ जना र आजमात्र संक्रमित ४२ जना र सुदुरपश्चिम प्रदेशमा संक्रमित संख्या २ हजार ७ सय जना र आजमात्र संक्रमित २ सय ४३ जना रहेको छ ।

