-सुशील सुबेदी- सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकामा खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान हुने भएको छ । उक्त पालिकाका वडा नं। ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का सम्पूर्ण बस्तीहरु समेटेर खानेपानी बितरण गर्न ईन्द्रावाती बृहत खानेपानी आयोजनाको लागि रु। ४९ करोड ४१ लाख ९२ हजार ८ सय १४ रुपैंयाको लागत ईष्टिमेट तयार गरिएको थियो । सोही लागत ईष्टिमेटको आधारमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडले टेण्डर आह्वान गरेको छ ।
पुर्व कानुन मन्त्री एवम सोही क्षेत्रका संघीय सांसद शेर बहादुर तामाङका अनुसार माधव कुमार नेपालको प्रधानमन्त्रीत्व कालमा ईन्द्रावती र साँगाचोक क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्रको रुपमा पहिचान गरिएको थियो । सो क्षेत्रलाई आयोजना सम्पन्न गर्न योजनामा समावेश गर्न तत्कालीन सिन्धुपाल्चोक क्षेत्र नं। २ बाट २०७० सालको संविधानसभा निर्वाचनमा निर्बाचित हुनुभएका वर्तमान सम्माननीय सभामुख अग्नि प्रसाद सापकोटाको बिशेष पहलर आफ्नो निरन्तरको प्रयासबाट आयोजना स्वीकृत गर्न सफल भएको बताउनु भयो ।
उक्त आयोजनाको जिल्ला खानेपानी डिभिजन कार्यालय सिन्धुपाल्चोक र ईन्द्रावती गाउँपालिकाको संयुक्त लगानीमा सर्भे गरिएको पालिका प्रमुख वंशलाल तामाङ्गले बताउनुभयो । सो आयोजनाको वडा स्तरमा ट्याँकी स्तरको समितिहरु समेत बनिसकेको गाउँपालिका श्रोतले जानकारी गराएकोछ । प्रारम्भीक सर्भे गर्दा गाउँपालिकाका वडा नं। १,२ र ३ पुरै र वडा नम्बर ६ को तिनघरे, बसन्तपुर, वितलब र तीनढुंगेका ३०० घरधुरी, वडा नं ८ सुन्दरीपुरका ३५ घरधुरी, वडा नं ९ सिपाटार तल्लो तामाङ बस्ती ७५ घरधुरी, वडा नं १० झोलुङ्गे ९२, मरनडाँडा मसार ३५ घरधुरी र वडा नं ११ बिसदेउटार ६३ घरधुरी छुट हुन गएको थियो । माननीय तामाङको निर्देशन पश्चात संघीय खनेपानी तथा ढल ब्यबस्थापन आयोजना, हेटौंडाले गत आ।व।मा नै छुट भएको वडा नं ६,८,९,१० र ११ का करिब ६०० घरधुरीको पुन सर्भे गरी समेटि सकिएको संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना, हेटौंडाका कामु आयोजना प्रमुख मोहनलाल जैसीले बताउनु भयो । हाल छुट हुन गएको वडा नं १,२ र ३ लाई पनि यस आयोजनामा समेट्नुपर्ने स्थानीयको जोडदार माग गाउँपालिकामा पेस भएको छ । छुट हुन गएको वडाहरु मध्ये वडा नं २ र ३ को लागी बसेरी पाछाम खोला कोटडांडा खानेपानी आयोजना क्रमागत रुपमा सम्पन्न गर्न केन्द्रीय बजेटमा समेटी सकिएको र आ।व। २०७७÷७८ का लागि रु। ५० लाख बिनियिजन समेत गरि सकेको माननीय तामाङ्ले बताउनु भयो । त्यसैगरी वार्ड नं १ को सवालमा आयोजना सम्पन्न गर्नु अगावै एकघर एकधारा हुनेगरी नयाँ योजना वा सोही आयोजनामा समावेस गरेर खानेपानी र्पुयाउन सकिने जिल्ला खानेपानी कार्यालय, सिन्धुपाल्चोकका कार्यालय प्रमुख समेत रहिसक्नु भएका संघीय खानेपानी तथा ढल ब्यबस्थापन विभागका योजना शाखा प्रमुख सि।डि।ई।लक्ष्मी प्रसाद उपाध्यायले बताउनु भयो ।
सबै छुट भएका वडाहरु र बस्तीहरु समेटेर आयोजना सम्पन्न गर्दा सिंङ्गै ईन्द्रावती गाउँपालिकाको खानेपानी समस्याको दीर्घकालीन समाधान हुने नेकपाका जिल्ला अध्यक्ष तथा सो आयोजनाका उपभोक्ता समेत रहेका झम्क नेपालले बताउनुभयो ।
साँगाचोक क्षेत्रमा संचालित अर्को ३४ करोडको हर्रै टुनिबोटे साँगाचोक खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा रहेको माननीय तामाङ्गले बताउनु भयो । स्मरण रहोस, कोरोना संक्रमणबाट सिर्जित जटिल अपरिस्थितिमा समेत माननीय तामाङको बिशेष पहलमा खानेपानी मन्त्रालयद्वारा बिनियोजित रु। ६ करोड रकमका विभिन्न ४९ वटा साना तथा मझौला आयोजनाहरु मध्ये करिब ४० वटा आयोजनाहरुका सम्झैता भै हाल कार्यान्वयनको चरणमा रहेको र जिल्लाका दुबै क्षेत्रका अन्य योजनाहरुको डिपिआर समेत भैरहेको तामाङका स्वकीय सचिव निर्मल बञ्जाराले बताउनु भयो ।

