साप्ताहिक पञ्चाङ्ग भाग-१९२

  • २० श्रावण २०८३, बुधबार ०७:४० मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयबयानब्बेऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१९२———-

    विधा :- पञ्चाङ्ग

    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला

    मिति:- २०८२/०३/०१

    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।

    ……………………………………….

    प्रशिक्षक:-

    ……………

    सोमनाथ लुइटेल

    गुणनिधि घिमिरे

    सुशीला पौडेल

    ………………………

    भाषा शुद्धीकरण:-

    ———–

    भवानी घिमिरे

    पशपती राई

    सङ्कलक :-

    ———-

    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    =====

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]

    अनुप्रास :- आफुखुसी

    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    नेपाली हुनुमा गौरव गर्नु पर्छ
    विश्वको सुन्दर सूचीमा पर्नु पर्छ
    नेपाल भएर नेपाली भएका हौ,
    सम्पूर्णमा ज्ञानको ज्योति छर्नु पर्छ
    दुःखका बीजलाई सबै हर्नु पर्छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    अन्जुलीमा थाप माया रोकिन्छ कि कहिँ
    त्यै माया नि तराजुमा बोकिन्छ कि कहिँ
    माया नै हो संसारमा सानो ठूलो हुन्न
    शंका लाग्छ चट्टानमा ठोकिन्छ कि कहिँ
    त्यै मायाको मूल्य पनि तोकिन्छ कि कहिँ ।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग::०३
    दिनहुँ झगडा गर्ने परिवार किन चाहियो
    आफ्नै पेट मात्रै भर्ने परिवार किन चाहियो
    अब नौटंकी नाटक नदेखाउनु महोदय,
    घमण्डको बीज छर्ने परिवार किन चाहियो
    हाम्रो खुसी सबै हर्ने परिवार किन चाहियो।
    -ह्यारिस

    पञ्चाङ्ग:-:०४
    नजानिदो हिसाबले जीवनमा बेग्लै केस बन्यो
    मनको भित्र भिन्न भिन्न सोचहरूका शेष बन्यो
    आफू सुध्रिएर मात्रै अघिल्लो कदम चालौँ सधैँ ,
    जताततै पराय आडम्बरको थुप्रै भेष बन्यो
    निर्दोष जेलमा हालेर दोषीको स्वार्थी देश बन्यो।

    ✍🏻अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।

    पञ्चाङ्ग:०५
    समय सरल तथा साेझाे बाटाे हिँडेको देखेँ
    झूट लुट फुट जुट बाेझाे फाटो हिँडेको देखेँ
    दिउँसै रात पार्नेले अर्तीउपदेश दिंदैछन् ,
    सिद्धान्तलाई भुलेर बाँझाे पाटाे हिँडेको देखेँ
    आपसमा भित्र मिले झाेझाे घाटाे हिँडेको देखेँ ।
    -प्रधुम्न चालिसे

    पञ्चाङ्ग-०४
    झरी होस् या खडेरी मनमा सुन्दर बिचार सारी राख
    आउलान् खराब सोच कतैबाट दह्रो फरिकोले बारी राख
    दुई दिन बाँच्दा पनि यो मन खिस्रिक्क पारेर के बाँच्नु,
    सारा चिन्तालाई पारी तार्दै आफूलाई भने वारी राख
    बिचारक बन्न नसके पनि चिन्तन भने जारी राख।
    -पशपती राई खोटाङ।