बहुदरमाई नपा–७ का वड़ा अध्यक्ष बिरेन्द्र यादवको सक्रियता, अतिक्रमित जग्गा छुट्याउने काम तीव्र

  • २६ पुष २०८२, शनिबार २३:२४ मा प्रकाशित
  • उमेश कुशवाह, बीरगंज।
    बहुदरमाई नगरपालिका वडा नम्बर–७ मा अतिक्रमित सार्वजनिक जग्गा नाप–नक्सा गरी छुट्याउने कार्य तीव्र रूपमा अघि बढाइएको छ। वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादवको पहलमा समसान घाटदेखि मुस्लिम समुदायको कब्रगाह हुँदै करिब ५० वर्षदेखि खेतको रूपमा प्रयोग हुँदै आएको अतिक्रमित सार्वजनिक जग्गाको नाप–नक्सा गरी छुट्याउने काम भइरहेको छ।

    वडा अध्यक्ष यादवले दृढ इच्छाशक्ति र सत्यनिष्ठा भए पाँच वर्षभित्र जनताको हितमा उल्लेखनीय परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार सार्वजनिक जग्गाको संरक्षण, सदुपयोग र व्यवस्थापन वडाको दीर्घकालीन विकासका लागि आवश्यक रहेको छ।

    यसअघि पनि वडा नम्बर–७ अन्तर्गत बिश्रामपुर छपकैया, फुलकौल जोड्ने बिलिन सडक, भौराटारलगायत विभिन्न स्थानमा अतिक्रमित सार्वजनिक जग्गा नाप–नक्सा गरी छुट्याउने कार्य सम्पन्न भइसकेकोछ।