कपिलवस्तु, ५-पुष

राष्ट्र निर्माण दल नेपालले संगठन विस्तार तथा स्थानीय तहमा पार्टी गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित कपिलवस्तुको मायादेवी गाउँपालिकामा २५ सदस्यीय गाउँपालिका स्तरीय कमिटी विस्तार गरेको छ ।
पार्टीको निर्णयअनुसार गठन गरिएको कमिटीको अध्यक्षमा इरशाद अहमद मु. चयन हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा सिर्जना विमल हेल्डर, सचिवमा शिव कुमार चमार र सहसचिवमा तोफिक मुसलमान नियुक्त भएको पार्टीले जनाएको छ ।
नवगठित कमिटीलाई पार्टीको नीति, विधि–विधान तथा मूल उद्देश्यअनुसार संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र स्थानीय तहमा पार्टीको प्रभावकारी भूमिका निर्वाह गर्ने जिम्मेवारी दिइएको छ । स्थानीय जनताको समस्या र आवश्यकता केन्द्रमा राख्दै पार्टीलाई जनमुखी बनाउने लक्ष्य लिइएको बताइएको छ ।
साथै पार्टीले आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्ना एजेन्डासहित प्रचार–प्रसारमा जाने निर्णय गरेको जनाएको छ ।
यस अवसरमा पार्टीका केन्द्रीय उपाध्यक्ष खगेन्द्र प्रसाद ढकालले भन्नुभयो,
“स्थानीय तहमा संगठन मजबुत नबनाई राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका सम्भव हुँदैन । मायादेवी गाउँपालिकामा गठन भएको यो कमिटीले पार्टीको नीति र एजेन्डालाई घर–घरमा पुर्याउनेछ। आगामी प्रतिनिधि सभा निर्वाचनमा हामी जनताको मुद्दा लिएर मैदानमा उत्रनेछौं ।”
ढकालले नवनियुक्त नेतृत्वलाई जिम्मेवार, अनुशासित र परिणाम देखिने काम गर्न आग्रहसमेत हुन् ।

