कपिलवस्तु ,०१ पुस –
कपिलवस्तु प्रहरीले भारतबाट भन्सार छलि अवैध रूपमा नेपाल भित्र्याइएका मोबाइल तथा मोबाइलजन्य सामग्री बरामद गरेको छ ।
जिल्लाको कृष्णनगर नगरपालिका–२ बाट विभिन्न ब्रान्डका मोबाइल सेट र तिनका पार्टपुर्जा नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार बरामद सामग्रीको बजार मूल्य करिब २ लाख ३२ हजार ५ सय रुपैयाँ रहेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहले जानकारी दिएअनुसार ४ थान रियलमी मोबाइल सेटसहित मोबाइलका डिस्प्ले, ब्याट्री, ग्लास, सफा गर्ने कपडा र ब्रस गरी कुल १७६ थान सामग्री बरामद गरिएको हो ।
बरामद गरिएका सम्पूर्ण सामग्री आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा पठाइएको सिंहले जानकारी दिए ।

