
उमेश कुशवाहा,
पर्सा – बहुदरमाई नगरपालिकाका नगर सभापति चन्दन यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नम्बर २ का पदाधिकारीहरूसँग आगामी निर्वाचन तयारीका विषयमा विशेष छलफल गरेका छन्।
नगर सभापति यादवले स्थानीय तहदेखि संघीय निर्वाचनसम्म पार्टीको उपस्थितिलाई सुदृढ बनाउने र जनस्तरमा संगठन विस्तार गर्ने रणनीतिमाथि विस्तृत रूपमा विचारविमर्श गरेको बताएका छन्।
चुनावी तयारीमा जोड
बैठकमा सहभागी पदाधिकारीहरूले आगामी निर्वाचनमा जनताको विश्वास जित्नका लागि इमानदार र पारदर्शी राजनीति गर्ने प्रतिबद्धता जनाएका छन्।
सभापति यादवले भने, “रास्वपा नयाँ राजनीतिक विकल्पको रूपमा जनताको विश्वास जित्दै गएको छ। अब हामीले यही विश्वासलाई विकास र सुशासनका कार्यद्वारा थप सबल बनाउनुपर्छ।”
स्थानीय मुद्दा र संगठन विस्तारमा छलफल
छलफलमा बहुदरमाई नगरपालिकाभित्रका प्राथमिक समस्या, विकासका आवश्यकता, र संगठन विस्तारका रणनीतिहरू पनि उठान गरिएको थियो।
सहभागीहरूले युवाहरूलाई राजनीतिक रूपले सशक्त बनाउँदै, पार्टीको सन्देश गाउँ–गाउँमा पुर्याउने निर्णय लिएका छन्।

