पर्साको भिस्वामा गोली प्रहार, एक किशोर घाइते

  • १० आश्विन २०८२, शुक्रबार ०६:३० मा प्रकाशित

  • वीरगन्ज, ९ असोज: पर्साको छिपहरमाई गाउँपालिका–५, भिस्वामा बिहीबार साँझ भएको झगडाका क्रममा गोली प्रहार हुँदा एक किशोर घाइते भएका छन्।

    घाइते हुनेमा सोही स्थानका करिब १६ वर्षीय गोलु आलम धुनिया रहेका छन्। उनको बायाँ तिघ्रामा गोली लागेको र अहिले वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार गाउँपालिकाको कार्यालय पछाडिको सडकमा दुई समूहबीचको विवादका क्रममा गोली चल्दा आलम घाइते भएका हुन्। तर उनलाई कसले र किन गोली प्रहार गरियो भन्ने विषयमा अनुसन्धान जारी रहेको छ।

    पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले घटनाको पुष्टि गर्दै घाइते आलमको अवस्था खतरामुक्त रहेको जानकारी दिए। उनले गोली प्रहार गर्ने व्यक्तिहरूको खोजी भइरहेको पनि बताए।