पर्सा र बारा फोटोग्राफर एसोसिएसन द्वारा दुई दिने फ्रि क्यामरा सर्भिसिङ क्याम्प सुरु

  • ३२ श्रावण २०८२, शनिबार १८:०५ मा प्रकाशित
  • साउन २१, बीरगंज | उमेश कुशवाहा
    पर्सा र बारा फोटोग्राफर एसोसिएसनको आयोजनामा दुई दिने निःशुल्क क्यामरा सर्भिसिङ क्याम्प सुरु गरिएको छ। बीरगंजको घण्टाघरस्थित रेल्वे रोड, वडा नं. ८ को धर्मशालामा यो क्याम्प संचालनमा आएको हो।

    क्याम्पमा भारतको बिहार राज्य, पटनाबाट आएको पारस एण्ड सन्स क्यामरा सर्भिस सेन्टरको ८ सदस्यीय विशेषज्ञ टोलीले क्यामरा सर्भिसिङ सेवा प्रदान गरिरहेको छ।

    यो निःशुल्क सर्भिसिङ क्याम्प पर्सा, बारा, रौतहट र भारतको रक्सौल क्षेत्रका फोटोग्राफरहरूका लागि निकै उपयोगी सावित भएको छ। पर्सा फोटोग्राफर एसोसिएसनका अध्यक्ष मुकेश सर्राफका अनुसार, “बाहिर गइरहनु नपरी बीरगंजमै क्यामरा सर्भिसिङ हुनुले फोटोग्राफरहरूलाई ठूलो सहजता मिलेको छ।”

    एसोसिएसनले फोटोग्राफरहरूको प्राविधिक आवश्यकतालाई ध्यानमा राख्दै यस्ता कार्यक्रमहरू समय-समयमा आयोजना गरिरहने प्रतिबद्धता जनाएको छ।