
उमेश कुशवाहा , वीरगंज–१५ मुर्लीकी किरण साहलाई खानेपानी मन्त्री प्रदीप यादव र वीरगंज महानगरका मेयर राजेशमान सिंहलाई फोनमार्फत धम्की दिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार हैजाका कारण परिवारका सदस्य ICU मा भर्ना भएपछि आक्रोशित भई उनले मन्त्री र मेयरलाई ज्यान मार्ने धम्की दिएकी थिइन्। खानेपानी मन्त्रीसँगको अभद्र संवाद भएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनलाई सोधपुछका लागि पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।

