
तीज गीतको बाढीले भरिभराउ नेपाली सांगीतिक बजारमा युवानेतृ इन्दिरा निरौलाको शब्द रचना र मीठो स्वरकी धनी उदउमान गायिका समीक्षा अधिकारीको स्वर सजिएको ‘ए ! आमा…म त जिउँदै मरेँ’ बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ । नेपाली महिलाहरुको समसामयिक पीडाँ र आँसु समेटिएको गीतको लयमा वरिष्ठ कलाकार बिमल राज क्षेत्रीले साथ दिएका छन् । ख्यातिप्राप्त कलाकार क्षेत्रीको लयले गीतलाई अझ जीवन्त बनाएको छ। निरौलाको मर्मस्पर्सी शब्द रचनाले सिंगारिएको गीतमा समीक्षाको मिठासपूर्ण स्वरले दर्शक/स्रोतालाई मनोरञ्जन प्रदान गर्नुका साथै भावुक बनाएको छ।
‘दुःखको कथा आमा लेख्न पाइन, माइतीको आँगन आमा टेक्न पाइँन’ शब्दबाट सुरु भएको यो गीत यथार्थ कथामा आधारित भएको पाइन्छ । जसमा न्यायको नाममा गरिएको अन्याय, समाजको संवेदनशील घाउ र चेलीहरूको अपमानको कथा पोखिएको छ । अदालतको ढोका ढक्ढक्याउँदा पनि न्याय नपाउने हजारौँ छोरीहरूको प्रतिनिधित्व गर्ने यस गीतले बर्तमान न्यायालयमा भएको विकृति, न्यायको खरिद–बिक्री र अपराधीको संरक्षणको तीतो सत्यलाई बेवाक शैलीमा उजागर गरेको छ ।
यो गीतमा निर्मला पन्तजस्ता अनेकौँ चेलीहरूको पीडामा प्रतिध्वनित छ जसले न त आत्मसम्मान जोगाउन सकिन्, न त न्याय पाउन। पीडाले ‘म त जिउदै मरे आमा’ भन्ने शब्द न्याय पाउन नसकेर आत्महत्याको डिलमा पुगेका चेलीहरूको कथालाई यो गीतले कलात्मक ढंगले उजागर गरेको छ ।
यस मार्मिक गीतको शब्द रचनाकार युवानेतृ, लेखक संघको केन्द्रीय सदस्य, समसामयिक विषयमा धारिलो कलम चलाउँदै आएकी, सिन्धुली जिल्ला भूमि आयोगकि सदस्य इन्दिरा निरौला हुन् । जसले न्यायका लागि कलमलाई अस्त्र बनाउदै यो गितको सिर्जना गरेकी छिन। पीडामा डुबेका हजारौँ चेलीहरूको साझा स्वर समेटिएको गीतले यो मुलुकका लाखौं छोरीहरुको प्रतिनिधित्व गर्छ।
निरौलाको यो तीज गीत केवल मनोरञ्जन प्रदान माध्यम मात्र नभई एउटा नारी आन्दोलनको स्वर भएको भान हुन्छ । यसमा पीडितको चित्कार र परिवर्तनको मागहरु प्रस्फुटित भएका छन् । न्याय, समानता र संवेदनशीलताको प्रश्नमा सोच्न बाध्य पार्ने यो सिर्जनाले तीजको सांस्कृतिक सौन्दर्यभित्र लुकेको सामाजिक विद्रोहलाई उजागर गरेको छ तेज सिलवाल सिन्धुली ले बताए ।
पूरा भिडियो हेर्नका लागि यो लिन्कमा गएर हेर्न सक्नुहुनेछ