
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने माथी सरकारले प्रतिसोध साध्यो भनी रा स्व पा ले चलाएको हस्ताक्षर अभियान सिन्धुली मा पनि तीब्र गतिमा अगाडी बढेको छ ।
सिन्धुलीमा हस्ताक्षर अभियान जिल्ला सभापति श्री अबिनास बस्नेत ज्यु को नेतृत्वमा माढी बजार बाट सुरु गरिएको थियो भने अहिले सम्पूर्ण पलिका देखि लिएर जिल्लाका धेरै वडा हरुमा समेत हस्ताक्षर अभियान चलिरहेको छ ।
अहिले पछिल्लो समय देश तथा बिदेशमा रा स्व पा को क्रेज बढी रहेको बेला सिन्धुली जिल्लामा पनि युवाहरू सकृय भएर लागिरहेको देखिन्छ । हस्ताक्षर अभिनय सगगै सदस्य नवीकरण साथै संगठन बिस्तार पनि फैलिदै गरेको कुरा स्रोतले बताएको छ । सिन्धुली जिल्लाको रा स्व पा प्रती सकारात्मक भएर अहिले निकै सकृय क न पा १० का युवाहरूलाई देखिन्छ ।
मरिन दुधौली कमलामाइ लगायत सम्पूर्ण पालिका मा हस्ताक्षर अभियान द्रुत गतिमा चलिरहेको छ ।यसैगरी क न पा ७ लगायत विभिन्न वडा देखी जिल्ला सम्म को नेतृत्व युवाहरू निरन्तर लागि पर्नु भएको छ ।
हालसम्म सिन्धुली जिल्लामा जनताले 21500 हस्ताक्षर गरिसक्नु भएको छ । र अझै ससक्त भएर हस्ताक्षर अभियान जारी राख्ने भनी स्रोतले दाबी गरेको छ ।

