काठमाडौं : जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार बेलुकी ८ बजेर १० मिनेट जाँदा ५.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। पश्चिम नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।