साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ११८

  • २४ फाल्गुन २०८१, शनिबार २०:३१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयसअठारौंऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/११/०८गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ११८[एकसयअठारौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    सँगसँगै हाँसौँला हामी।
    दुःख पीडा मासौँला हामी।
    जिन्दगी राम्रो बनाउन,
    दुष्टलाई नासौँला हामी।
    प्रेमील मन् गासौँला हामी।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    प्रणय दिवस मनाउँदैछन् कोही
    आफूलाई खुशी बनाउँदैछन् कोही
    चारैतिर यस्तै बहार कहाँ हुन्छ?
    यसैमा बिरोध जनाउँदैछन् कोही
    भित्रभित्र आफैं गनाउँदैछन् कोही।
    -घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०३
    तिमी र म बीच भएको कुरा कसैलाई थाहा नहाेस्
    ठुलालाई मात्रै हैन साना भुरा कसैलाई थाहा नहाेस्
    बाबाको आँखा छली मैले दिएको सुनको सिक्री अनि ,
    तिमीले दिएको सुनको चुरा कसैलाई थाहा नहाेस् ।
    केही केही थाहा पाए नि पूरा कसैलाई थाहा नहाेस्
    -भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०४
    एकै छाता मुनि ओत लाग्न मन लाग्छ
    तिमी सँगै हात जोडी भाग्न मन लाग्छ
    कुनै डर त्रास छैन तिमी भए पछि ,
    तिमी सँग दुई रात माग्न मन लाग्छ
    त्यही रात तिमी सँग जाग्न मन लाग्छ ।।
    धनमाया चौधरी कैलाली


    पञ्चाङ्ग:०५


    ईश्वरकाे वरदान दुई फूल हामी
    सृष्टिलाई चलाउने दराे पुल हामी
    प्रिय जीवन सार्थक बनाउनु पर्छ
    महत्त्व बुझेर नगराैं है भुल हामी
    बनाैन धरामा सहयात्री झुल हामी ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०६
    मायाले अटाएको छ संसार यो
    लाग्दछ या लाग्दैन माया पार यो
    प्रेम बिना अन्धकार छ जीवन
    सक्दिनँ सहन प्रेममा हार यो
    आओस् है भेट्ने समय बाम्बार यो
    -शोभा आचार्य गौतम
    काठमाडौँ
    पञ्चाङ्ग-०७
    अलि नजिक आउ न प्रिय प्रेमको डोरी बाटौं हामी
    दुइटा मुटु एउटै बनाई सयौ जुनी काटौं हामी
    नमुना बनोस् हाम्रो यो प्रेम कहानी युगयुगसम्म
    नमरोस् हाम्रो साँचो प्रेम काललाई पनि ढाटौं हामी
    जस्तो सुकै विघ्न वाधा आओस् दुवै मिलि आँटौं हामी।
    -पशपती राई खोटाङ ।