राजावादी आन्दोलनका प्रमुख अभियन्ता रहेका दुर्गा प्रसाईँ फरार !

  • १५ चैत्र २०८१, शनिबार १०:५७ मा प्रकाशित
  • राजावादी आन्दोलनका प्रमुख अभियन्ता रहेका दुर्गा प्रसाईँ सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी, र आतंक मच्चाउन उक्साएको आरोप लागेपछि भूमिगत भएका छन्।

    प्रहरी उनको खोजीमा जुटे पनि राति ११ बजेसम्म फेला पार्न सकेको छैन।

    सरकारले आगजनी, पत्रकार हत्या प्रयास, तथा सम्पत्ति लुटपाटको प्रमुख दोषी ठहर गर्दै उनीविरुद्ध मुद्दा दर्ता गर्ने निर्णय गरेपछि उनी फरार भएका हुन्।

    राजा फर्काउने आन्दोलनका जनकमाण्डर घोषित प्रसाईँको खोजी भइरहेकै बीच प्रहरीले घटनासँग जोडिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवल शम्सेर जबरालाई पक्राउ गरेको छ। तर, उनीहरूले ती घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन्।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारीका अनुसार, घटनाको मुख्य योजनाकार प्रसाईँ नै रहेको विभिन्न प्रमाणहरूले देखाएको छ, जसका आधारमा उनको पक्राउका लागि व्यापक प्रहरी परिचालन गरिएको छ।