
साप्ताहिक झिल्का लेखन अभ्यासको ५१ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५१ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१,
नाम, दाम तमाम
आशाकारी भइरहने बानी
हाम्रो पोल्टोमा बिनाकाम ?
२,
देशदेशान्तर फलिरहन्छ फल
जसको चल्छ पाखुरी
गोजी भरिरहन्छ हरपल ।
३,
उनको बोलीको छुरी
चल्छ अचेल जताततै
बनेर अचानकको हुरी ।
✍️म्यामराज राई
भोजपुर
…
१,
कतै नहेरी रमिता
सिर्जनामा ध्यान दिई
लेखौँ झिल्का कविता ।
२,
साहित्यको नयाँ विधा
झिल्का कविता मार्फत
विचार राखौँ सिधा ।
३,
साहित्य क्षेत्रमा लागेर
झिल्का कविता लेखियो
मनमा इच्छा जागेर ।
✍️भोज विवश मगर
गैंडाकोट -३, नवलपरासी पूर्व
…
१,
सत्य पटक्कै डराउँदैन
झुट महाशत्रु उसको
जसले चोर भगाउँदैन।
२,
पापमा पुण्य पल्किॅंदैन
कराउॅंछ एकदिन धुरी
झिल्काबिना आगो सल्किॅंदैन।
३,
जस्ले गर्छ पाप
हुन्छ त्यो सिपालु
उसकै हुन्छ पदचाप।
✍️राजेश्वरी राजोपाध्याय
ललितपुर
…
१,
आउँछौ सुटुक्क जान्छौ
थाहा पाउँदिनॅं मैले
मन चोरी लान्छौ।
२,
तिम्रो नाम लेख्दा
हात थरर काम्छ
कस्तो होला देख्दा?
३,
दिल मेरो छुन्छ
तिमी नजिकै बस्दा
कसो गरूँ हुन्छ?
✍️सतीश पण्डित
भानु -६, चुँदी, तनहूँ (हाल चनपा ६ मातातीर्थ )
…
१,
कात्रोमा नहुने गोजी
त्यसैले यहाँ बाँचुञ्जेल
खाऔँ लाऔँ मनमोजी ।
२,
सुकर्म गर्न आएका
गरी सुकर्म हामीले
मानिस जीवन पाएका ।
३,
सन्तुलित आहार भोगी
स्वस्थ बनेका यहाँ
नबनौँ आफै रोगी ।
✍️कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
…
१,
पानी मिठो कुवाको
जाडो छ माया
कपडा लगाऊ भुवाको ।
२,
लामा छन् रात
कस्तो पिरती बस्यो
सकिन्नन् कहिल्यै बात ।
३,
बसेपछि न्यानो माया
हदै प्यारो लाग्दोरहेछ
एकार्काको बनेर छाया ।
✍️त्रिलोचन भण्डारी
मेचीनगर झापा
…
१,
जङ्कफुड खानुको सट्टा
मकै, भटमास भुटी
राख्नुहोस् एकदुइ बट्टा ।
२,
नदिनु दोष कसैलाई
जङ्कफुडले रोग निम्त्याउॅंछ
बेलैमा ध्यान पुर्याई ।
३,
घरबाटै टिफिन बोकौँ
हामी सबै मिलीजुली
जङ्कफुड खान रोकौँ ।
✍️हिरामाया श्रेष्ठ
गजुरी -१, धादिङ
…
१,
कालो बादल छाउँदैछ
सचेत रहनु सबै
देशमा सङ्कट आउँदैछ।
२,
चरीले गुँड बनायो
यी भ्रष्टाचारी नेताहरू
लासझैँ डुङडुङ गनायो ।
✍️दीप गोले तामाङ
रौतहट
…
१,
नगरी हुँदैन काम
जीवन पर्छ चलाउनै
महत्त्वपूर्ण हुन्छ दाम ।
२,
नजानेरै पिरती लगाउॅंछ।
बुझ्दैन एक अर्कोलाई
धोकामा रमिता देखाउॅंछ।
✍️भूपेन्द्र राना मगर
धादिङ
…
१,
छोडी घर सन्सार,
पार गर्छन् मान्छे,
मर्त्यलोकको व्यस्त भन्सार ।
२,
लिनु सके जस्तै
छोड्न पनि सक्नुपर्छ
अनि हुन्छौँ मस्तै ।
३,
विश्वास दिलायौ मलाई,
अन्धकारमा हिॅंडाउँदैछौ
मनको दियो जलाई ।
✍️दीपा गुरुङ ‘समभाव’
खोटाङ
…
१,
जागौँ सबै जागौँ
अबेर होला चाँडै
उन्मुक्तिको बाटो लागौँ।
२,
आलस्य सारा त्यागी
बालबालिका सबै जानु
पाठशाला कापी च्यापी।
✍️बिके मुखिया
दार्जिलिङ, भारत
…
१,
घुम्टो ओढ्यो बादलको
धुन घन्किएन यहाँ
ताल बिर्सियो मादलको।
२,
कठङ्रिने जाड़ो आउँदैछ
स्वास्थ्य बिग्रँदै गयो
चिसोले मूलबाटो समाउँदैछ।
✍🏻अन्मोल मुस्कान
तकदाह छाउनी, दार्जिलिङ
…
१,
सुन्दर गाउँ, सहर
हाँस्दै खेल्दै रमाउँदै
घुम्नलाई लाग्यो रहर !
✍️आर्त अकुलीन
…
१,
थामेर छोड्यौ हातहरू
पलपलमा मुर्छिन्छ जिन्दगी
सम्झिएर मायाका बातहरू।
✍️ ताराप्रसाद चापागाईँ
…
१,
हामी ठग्न जान्दैनौँ
हिजोको कुरा छोडिदिनुस्
तपाईंले भनेको मान्दैनौँ।
२,
चोर भनेपछि चोरेको
चोरको सङ्गत गरेपछि
अख्तियारले मलाई छोडेको।
✍️होमप्रसाद नेउपाने
धरान, सुनसरी
…
१,
मान्छेले मान्छेलाई तौलिन्छ
तल झार्न खोजेर
नसक्दा बेस्सरी बौलिन्छ ।
२,
थाल्दछ कमजोरी खोतल्न
निम्न कोटिको मानसिकता
मन कुँडिन्छ बोल्न ।
३,
साहित्यमा कुटनीतिक चाल
अनेकौँ रङ्गहरू भरेर
फिजाउछ नकचरी जाल ।
✍️मोती योन्जन सुब्बा
दार्जिलिङ
…
१,
चौतारीमा तिमीलाई पर्खिएँ
साँझसम्म आइनौ तिमी
रुँदैरुँदै घरतिर फर्किएँ।
२,
नआउनेले आउँदिनॅं भनिनौ
धनमा दाँजेकी रहिछौ
मलाई रत्तिभर गनिनौ।
३,
विशाल मन थियो
झोपडी घर देखेर
मायाले धोखा दियो।
✍️चुडामणि देवकोटा
पुरानोनैकाप, काठमाडौँ
…
१,
उसको सम्झनामा बसेको
रुवायो धुरुक्कै मायाले,
लाग्छ किन फसेको ?
२,
बाँच्नुको थोरै आस
यही रहेछ जिन्दगी,
पीडाको अनगिन्ती रास।
३,
छाडेर कयौँ रहर
गाउँमा बसेको छु,
चाहिन्छ लाग्दैन सहर।
✍️शंकर कार्की
मकवानपुर
…
१,
बोल्नेको पिठो बिक्छ
बिक्दैन नबोले चामल
अमिल्दो बखेडा झिक्छ ।
२,
सोच्ने छैनन् सपूत
सम्झौतामै देश सके
सबै खाले कपुत ।
✍️राज बहादुर बडुवाल
कनकासुन्दरी -५, जुम्ला
…
१,
जिन्दगी अनौठो चोला
कोही अजम्बरी छैन
समयलाई नहेप्नु होला।
२,
दैव नजिक सरी
समय आए पश्चात्
मानिसलाई लान्छ हरि।
३,
दिल कति रुन्छ ?
मृत्युलोकमा पुगेपछि खै !
कुरा कसले सुन्छ।
✍️राज कुमार राजभण्डारी खोटाङ्गे
ऐसेलुखर्क -३, खोटाङ (हाल भक्तपुर)
…
१,
सामाजिक संस्कार स्विकारौँ
सभ्यतालाई उॅंचो राख्न
सारा विकृति हटाऔॅं ।
२,
गरौँ देशको सेवा
साझा सम्पत्ति हाम्रो
होइन कसैको पेवा ।
३,
आआफ्नो स्वार्थ त्यागौँ
देशको विकास गर्न
एकैसाथ सबै लागौँ ।
✍️जयनारायण नेपाल
इलाम (हाल सूर्य विनायक – २, बालकोट, भक्तपुर )
…
१,
मडारियो शीतलहर तराईमा
बस्तीहरूमा कठिनता बोकेर
करुणामय गरिबको बसाइमा।
२,
खानपिनमा समस्या आउने
घरभरि बालबच्चा भरिपूर्ण
कठिन परिस्थिति छाउने।
३,
ठुला कुराहरू शासकमा
गरिबहरू बसेका पीडाले
खाना, नानाको आसमा।
✍️घनश्याम पन्त
हरिवन सर्लाही
…
१,
भुइॅंकुहिरो लाग्यो छपक्क
तातो न्यानोमा बस्नू,
सास निभाइदेला थपक्क ।
✍️बिबा तामाङ
दार्जिलिङ।
…
१,
कापी कलमको रथमा
सयर गरौँ सदैव
साहित्यको सुमधुर पथमा ।
✍️प्रेम थापा “मन”
बागलुङ
…
१,
सहरभन्दा गाउँ घमाइलो
पारिलो घाममा बसेर
सुन्तला खानु रमाइलो ।
२,
गाउँ घरलाई नजानु
चटक्कै माया मारेर
विदेशतिर मन नलानु।
३,
खान जे पाइन्छ
दु:ख, सुख जसरी
खुसी नै जमाइन्छ।
✍️कला ढकाल
झापा
…
१,
तिमीले दिएको हातले,
अनाथ खुसीले हाँसेको
धोकामा अल्झायौ लातले ।
२,
सुम्पेको तिमीमा जीवन
कसम खाएर बाँचेकोमा
खाल्डामा पुर्यायौ नमन ।
✍️जी.वि.
घोराही, दाङ
…
१,
सबैमा देशको माया
भएपछि मात्र हजुर
देशको बदलिन्छ काया।
२,
कुरीति बेथिति फालौँ
समाजलाई बलियो बनाउन
अब कुसंस्कार नपालौँ।
✍️सुरेशकुमार पाण्डे
दाङ घोराही १८
…
१,
सुन्दर हाम्रो नेपाल
लाग्दछ गौरव सधैँ
देखेर सेतो हिमाल।
२,
नेपाली माटो मलिलो
पौरखी हाम्रा पाखुरी
बनाऔॅं उर्बर चम्किलो।
✍️दुर्गा भट्टराई
मोरङ
…
१,
तिमी मेरो रानी
कहिले हुन्छौ मेरो
तिमि तिर्खाको पानी ।
२,
आइजा मेरी प्यारी
मेरी श्रीमती बनेर
बस्नेछु तिमीलाई स्याहारी ।
✍️उपेन्द्र राज बिश्वकर्मा
अछाम
…
१,
सम्बन्ध नङ, मासुको
उस्तै हुन्छ होइन
आँखा र आँसुको ।
२,
पर्छ मुटु कमाउन
रुनुपर्छ कि फेरि
डर लाग्छ रमाउन ।
✍️साबित्री प्याकुरेल
धादिङ
…
१,
खानुपर्छ वनभोज जाडोमा
मिलेर एकै ठाउँ
पकाऊ ठुल्ठुला भाँडोमा।
✍️सुनगाभा पोखरेल
कपिलवस्तु
…
१,
एकतामा अनेकता हुन्छ
मिलेर बस्न सके
देख्नेको मुटु छुन्छ !
२,
संस्कार इतिहासको मन्त्र
नेपाली मनमनमा घुसेको
सुहाउँदो हुनुपर्छ जनतन्त्र।
३,
आमाबाबु ढोग्न पाऔॅं
आफ्नै सन्तानले सधैँ
समाजमा संस्कार छाऔॅं ।
✍️रवि पौडेल
दक्षिण भारत पाण्डेचरी
…
१,
जिन्दगी बगेको खोला।
बाँचुन्जेल हाँसखेल गरौँ
भोलि होला, नहोला।
✍️वेल थोकर तामाङ
मकवानपुर
…
१,
नपिउनु पानी कुवाको
तातो खाएर बचिन्छ
ओढेर सिरक रुवाको।
२,
आमाको मायाले मलाई
सताउन सतायो दिलमा
पीडाले बिनासिद्धि जलाई।
३,
सपना मिठो बोकेर
तिमीलाई भेट्न गएको
लागेछौ दैलो ठोकेर।
✍️भगवती दवाडी
झापा
…
१,
राष्ट्रनिर्माण पनि गर्यो ?
गफ चुटेर हुँदैन।
देशको खातिर मर्यो ?
२,
जनता सबै रुँदैछन्।
फोहरी नेतृत्व मिल्काउन,
सबै जागरुक हुँदैछन् ।
३,
जनता दुखीको दुखी
जनता सबै नङ्ग्याएर
आफू सुखीको सुखी ।
✍️शैलेन्द्र पण्डित
तनहुँ
…
१,
नगर्नु कसैले अति
अहङ्कार र घमण्डले
आफैलाई हुन्छ खती।
२,
सुधार्नु आफ्नो मति
पछि लागेर नराम्रोको
कोही जाँदैन सती।
✍️अरुण कुमार भुजेल
गोरूबथान, कालेबुङ, भारत
…
१,
चिरबिर गर्दै आई
चरी मेरो वरिपरि
चारतिर आँगनीमा छाई ।
२,
म चौतारीमा बस्छु
माया तिमी आए
मायाले अॅंगालोमा कस्छु ।
३,
तिमीलाई छोडी जाँदैछु
धेरै धेरै टाढा
खोक्रो याद लाँदैछु ।
✍️शशीश्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौं
…
१,
तराईमा चल्यो शीतलहर
न्यानो लुगाको अभावमा
गरीबलाई पर्यो कहर।
२,
जाडोले जीउ थर्थर
झुपडीको बास गरिबको
सम्झँदा आँशु बर्बर।
३,
सरकार आफ्नै तालमा
कुर्सीको लागि दौडधुप
बेवास्ता गरिबको हालमा।
✍️सरस्वती श्रेष्ठ
रुपन्देही बुटवल
…
१,
बोलीको रङ्ग उड्यो
रङ्गीबिरङ्गी छन् चालीहरू
बाध्ने तुना चुँड्यो ।
२,
सागरभन्दा छ गहिरो
मायाको बुध थियो
छुट्दा मनमा पहिरो ।
३,
चाँदनी रूप राम्रो
मनै लोभ्याउने सारा
लठ्ठै मन हाम्रो ।
✍️ईश्वर साउद(भिक्षु)
रामारोशन गाउँपालिका ६ सु,प,अछाम
…
१,
दोहोरो चरित्र बोकेका
नेताले गर्छन् शासन
भाषण धेरै खोकेका।
२,
जीवनको हेर अन्त्यतिर
स्वर्ग जान्न नपाइने
भन्ने लाग्छ पिर ।
✍️बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
कनकाई -४, झापा
…
१,
उसको बोलीमा छुरी
सानैको हो साथी
पर्यो एउटै धुरी ।
२,
दर्शन मिल्छ बिहानीमा
घोचपेच हुन्छ सुरु
फोटो हुन्छ सरानीमा ।
३,
पिरोमा हुन्छ गुलियो
हामी दुईको सम्बन्ध
विगतका कुरा भुलियो।
✍️धनमाया चौधरी
कैलाली
…
१,
माया निष्ठुरी बन्यो
उ आफ्नो स्वार्थमा
जतासुकै जा, भन्यो ।
२,
जीवन दुखी भयो
यो अमूल्य जिन्दगी
सहँदासँहदै जिन्दगी गयो ।
३,
कल्पिन्छ मनमा माया
सम्झेर सागरसरि भयो
तिम्रो मायाको छाया ।
✍️वेदु न्यौपाने
…
१,
अन्तर्मनको यस्तो चाहना
भेदभावले जरा नगाडोस्
हुन्छ जिन्दगीमा वेदना ।
२,
बोल्नु अगाडि सोच्नु
स्वाङ् पारेर हुँदैन
वास्तविकता मात्रै रोज्नु ।
३,
मनको मैलो धुनु
कहिले हीनताबोध नहोस्
सम्झेर नजिन्दगीमा नरुनु ।
✍️पृथक प्रकृति
झापा
…
१,
जाँगरमा लागेपछि घुन
रिस गरेरमात्र नसकिने
सफलताको शिखर छुन ।
२,
आउॅंछन् बाधा कति
हिम्मत हार्नु हुन्न
चाहे आओस् जति ।
✍️रुना कर्माचार्य दाहाल
चितवन
…
१,
सबैलाई यहाँ आउँदैछ
साल नयाँ बनेर
फेरि खुसी छाउँदैछ।
✍️निमा छिरिङ भोटिया
जलढका कालेबुङ भारत
…
१,
लाग्छ मेरो सरकार
गर्दैछ दुस्साहस यसरी
कुल्चिन तरबारको धार ।
२,
कठैबरी बुढाहरूको काम
घमण्डले जानिफकार पनि
बेकारमा भए बदनाम ।
३,
भुसुना, कमिला, ठान्दा
चेपुवामा परे आफै
लहरो, पहरो तान्दा !
✍️विवश पारदर्शी
झापा
…
१,
ओढाएर अपराधीलाई खादा
पुरा गर्दैछ सरकारले
जनतासँग गरेका बादा l
२,
भरभराउँदा युवाको लाम
दिनहुँ देख्दा एयरपोर्टमा
हृदयमा पर्छ डाम l
३,
लुटेर कमाए दाम
लाग्दैन कहिल्यै पनि
नेताको घैँटोमा घाम l
✍️बाबुराम गौतम
गुल्मी
…
१,
मुटुभरि चोट दिएर
एक्लै कहाँ जान्छौ ?
दिलमा खत लिएर!
२,
नरिसाए हुन्थ्यो भन्छु
एकान्तमा बसेर पलहरू
सम्झी सम्झी गन्छु !
३,
रमाएर के गर्नु
भित्र मुटु दुख्छ
कसको भर पर्नु !
✍️अच्युत घिमिरे
सर्पाङ, भुटान
…
१,
सल्बलाइरहन्छ जहिल्यै मन
बुझाऔॅं खै कसरी ?
नभएपछि प्रशस्त धन।
२,
रहेछ दु:खीको चोला
जति गरे नि!
नहुने कस्तो होला?
✍️अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन न. पा. – ६ सङ्खुवासभा
…
१,
नाम अनुसार दाम
मिलेन भन्दैमा साथी
छोड्नु हुँदैन काम ।
२,
चिसोले फड्का चाल्यो
बिरामी हुने डर
मनमा खेल्न थाल्यो ।
३,
सम्बन्धले मन छुन्छ
बुझौँ बुझाऔॅं साथी
सङ्गठनमा बल हुन्छ ।
✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा।
…
१,
गाउँघरको मनोरम हेर
कति स्वस्थकर हुन्छ
विचार गर बसेर ।
२,
राम्रो संस्कार लिन
अचेलका युवा वर्ग
खै हिच्किचाउँछन् किन ?
३,
देशको भलाइ गर्न
जो लागि पर्छ
पछि पर्दैन मर्न ।
✍️ललिता गिरी
सिन्धुली
…
१,
ढिला भयो कामकाज
देशको ढुकुटी रित्याएर
गर्दैछन् अझै राज !
✍️मन्दिरा सेढाई
मलेखु, धादिङ
…
१,
खोज्दा दाम कमाउँन
मिहिनेत नगरी खाली
नखोजौं अरूलाई रुवाउन।
२,
चारैतिर हुन्छ फल
पाखुरी बजार्दा मात्रै
आउँछ साथमा हरपल।
३,
थालौं गर्न कर्म
कमाउने नाममा अरुलाई
नपारौँ है मर्म।
✍️अर्जुन प्रसाद चौलागाई
हाल:-अमेरिका,बोस्टन।
…
१,
हुनेले हेर्दैन यहाँ
अभावले गाँजेको जीवनमा
गरिबीले टेर्दैन जहाँ।
२,
कसरी समाधान गर्ने
अपुरो खड्किरहेछ सधैँ
खालि पेट भर्ने।
✍️दुर्गा आचार्य
मोरङ
…
१,
रच्नु कलम समाएर
मिठो झिल्का कविता,
मनको अभिव्यक्ति पोखेर ।
२,
ज्ञानको ज्योति छर्नु,
निर्मल समाज निर्माणमा,
शिक्षाको भण्डार भर्नु।
३,
नेताको महल झलमल्ल,
भोट दिने जनताहरू,
हेरिरह्यो परि वाल्ल।
✍️देव स्याङ्देन,
कालेबुङ।
…
१,
जिन्दगी डरलाग्दो कस्तो ?
बेग्लै सोचाइ आउॅंदाखेरि
कर्कलाको पानी जस्तो ।
✍️शोभा आचार्य गौतम
काठमाडौँ
…
१,
बेलैमा पुर्याउनु ध्यान
गफले देश बन्दैन
भ्रष्ट नेता सावधान ।
२,
राजनीति अनौठो खेल
बिज्ञहरु सडकमा कराउने
सत्तामा मेट्रिक फेल।
३,
शीतलहर चल्यो
ठन्डीबाट जोगिने उपाय
चोकचोकमा धुनी बल्यो।
✍️बिमल पोखरेल
धरान -१७, पटनाली
…
१,
गोर्खे सन्तानहरू हामी
देशको सिमाना तैनाथ
सिपाहीमा देखिन्छ दामी ।
२,
देशमा रोजगार छैन
विदेशी युवाहरू जति
जनताहरू बैंक हैन ।
✍️प्रेम शर्मा “एकान्त प्रेमी “
…
१,
किन तिमी जतिखेरै
गर्दै रिस डाह
खुट्टा तान्छौ मेरै ।
✍️सरिता सेढाई
धादिङ
…
१,
मनमा किन ठसठस ?
तर म हाँसिरहेछु
गुम्दैन मेरो साहस।
२,
करतुत तिम्रो ज्यादा
फटाहा अधिक नहोऊ
बन्दिनॅं कसैको बाधा ।
✍️हरिगोपाल न्हुच्छेँप्रधान
काभ्रे, साँगाबजार बनेपा १४
…
१,
बिगारी दियो जुनी
रहेछ पापी साह्रै
मानव रूपको खुनी ।
२,
मानवीय श्रेष्ठ चोला
राम्ररी संरक्षण गर्नु
नबनोस् नालीको घोला ।
३,
जन्ममरण शाश्वत सत्य
आफैँलाई जलाएर अहङ्कारले
जीवनकाल बनाउछ फत्य।
✍️प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
…
१,
साँच्चै सोची ल्याउॅंदा,
जीवन छ तमासा ,
जीवन गाथा गाउॅंदा।
२,
आज छ अमन ,
समयको खेल यो,
भोलि पार्छ दमन।
३,
मानव जगत्को अर्थ
भोग्दै जाँदा देखियो,
नबुझेरै हो व्यर्थ।
✍️मनोहरी पौडेल
गैडाकोट १
…
१,
मेरो मनको चाहाना
सबैको दुःख हटोस्,
नयाँ सालको शुभकामना ।
२,
ल्याओस् खुसीको हर्ष
सबैलाई खुसी दिएर ,
भित्रियोस् नयाँ वर्ष ।
३,
मनमा उमङ्ग भरौँ
दिएर उपहार आपसमा ,
आत्मीयता कायम गरौँ ।
✍️सीमा कार्की समर्पण
मेलचोक पर्सा
…
१,
लाएर माया जातमा
माया हुँदैन दलितमा !
मानिसबिच किन बात ?
२,
यस्तै कारणले मरण
जातपात भनी दु:ख
नपरोस् मायामा शरण ।
✍️भोलामान बर्देवा
धरान -८, सुनसरी
…
१,
जिन्दगी अनौठो खेल
अजम्बरी छैन कोही
नगरौँ कसैलाई जालझेल ।
✍️शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
…
१,
भयो मबाट भूल
चिन्न सकिनँ समयमा
तिमी विषालु फूल !
२,
धनको पछि लाग्यौ
कदर गरिनौ मायाको
मलाई छोडी भाग्यौ ।
✍️वसन्त अनुभव
घोराही, दाङ
…
१,
विपना बनेर आयौ,
छोड्यौ केवल पीडा
सपना किन देखायौ ?
२,
बसेको थियो मन,
तिमीभित्र नै गहिरो
सकेर सारा धन ।
३,
चाहिएको थियो माया,
दियौ घृणाको मुहान
व्यर्थ सुकाएँ काया ।
✍️नन्दलाल आचार्य
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
::::::::जय झिल्का साहित्य ! :::::::::