३४औं स्थापना दिवसका अवससमा प्याप्सन द्वारा उत्तरवाहिनी संस्कृत गुरुकुलमा सहयाेग

  • २३ पुष २०८१, मंगलवार ०९:०० मा प्रकाशित

  • पुस २४ गते, प्याब्सन स्थापना दिवस मनाउन लागेकाे प्याब्सन घाेराहीले ३ दिने कार्यक्रम अन्तर्गत साेमबार घाेराही उपमहानगरपालिका वडा नं. ७ सुक्रवार उत्तरवाहिनीस्थित श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत माध्यामिक विद्यालय (गुरुकुल)लाई खाद्यान्न सहयाेग हस्तान्तरण गरेकाे छ । प्याब्सन घाेराहीले गुरुकुललाई एक कार्यक्रम गरि एक क्विन्टल चामल, तीस लिटर तेल, पाँच किलाे मकै, दस किलाे दाल, बीस किलाे सुन्तला, भेली, चियापत्तीलगायतका खाद्य सामग्रीहरु हस्तान्तरण गरेकाे छ ।

    प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् प्याब्सनका केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा आयाेजित हस्तान्तरण कार्यक्रममा बाेल्ने वक्ताहरुले आफ्नाे भाषा, संस्कार र संस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्नुपर्नेमा जाेड दिएका थिए । कार्यक्रमका वक्ताहरुले देशकाे माैलिक पहिचान स्थापित गर्नका लागि सबै पक्ष लाग्नुपर्ने बताए । कार्यक्रममा श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत माध्यामिक विद्यालय (गुरुकुल) का मूल गुरु देवनाथले गुरुकुलमा अध्यापन गराइने शिक्षाका विषयमा जानकारी गराउनुभएकाे थियाे ।

    कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारी, जिल्ला अध्यक्ष निर्मल न्याैपाने, उत्तरवाहिनी गुरुकुलका गुरु देवनाथलगायतले आ-आफ्ना विचार राख्नुभएकाे थियाे । गुरुकुलका व्यवस्थापक प्रकाश भट्टराईकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण प्याब्सन घाेराही नगर कमिटी सचिव बिमल भण्डारीले गर्नुभएकाे थियाे ।