बुरैदा अल कासिममा खुल्यो नेपाली ट्राभल्स अफिस ।

  • २१ पुष २०८१, आईतवार ०२:०६ मा प्रकाशित
  • अल कासिम ! साउदी अरबको मध्य पश्चिम् क्षेत्र बुरैदा अल कासिममा नेपाली तथा अन्य यात्रुहरुका सुबिधाका लागि आइ-मिग ट्राभल्स एन टुर्सले आफ्नो शाखा खोलेको छ ।

    बिशेष गरि नेपालीहरुका लागि सस्तो सुलभ मुल्यमा सेवा दिने उद्देश्यले उक्त ट्राभल्स खोलिएको एक लगानीकर्ता व्यावसायी मनिष कोइरालाले जानकारी गराए ! नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ अन्य ट्राभल्स अफिसहरुको भन्दा  सस्तो मुल्यमा सेवा सुबिधाहरु दिने कुरा कोइरालाले जानकारी गराए ।

    गत ३ जनवरी शुक्रबारका दिन विविध संघ संस्थाका प्रतिनिधि तथा  समाजसेवीको रहोबरमा खोलिएको उक्त ट्राभल्सले धेरै नेपालीहरुलाइ तथा अन्य देशका जनतालाई सरल सुलभ सेवा दिने कोइरालाले बताए !

    उक्त ट्राभल्सबाट आन्तरिक तथा अन्तरास्ट्रिय हवाइ टिकटहरु, साउदी अरब भरी आवातजावत गर्न यातायातको ब्यबस्था, श्रम तथा पासपोर्ट सम्बन्धित सेवाहरु, बैन्किङ सेवाहरु, सामाजिक सुरक्षा कोष, एब्सर आइदी बनाउन देखि तथा अन्य अनलाइन सेवाहरु प्रदान गर्ने छ ।
    ब्यबसायी कोइराला भन्नुहुन्छ, धेरै सेवा लिन आउनुहुने सेवाग्राहीहरुलाइ विशेष छुट सहित सेवा दिइने छ ।

    साउदीको कुनैपनी कुनाबाट कुनैपनी सेवा अनलाइन मार्फत, फोन सम्पर्क बाट पनि लिन सक्ने मनिष कोइरालाले बताए ।
    अन्य जानकारीका लागि
    नितेष कुवर 0554461043
    ईश्वर गौतम 0561735801
    मा सम्पर्क गरि सेवा लिन सक्नुहुनेछ ।