बहुदरमाई नपा.-७ छठघाटको तयारी पूरा:- वडा अध्यक्ष बिरेन्द्र यादव द्वारा आलोकन

  • २२ कार्तिक २०८१, बिहीबार ०३:५० मा प्रकाशित
  • उमेश कुशवाहा – पर्साको बहुदरमाई नपा.-७ मा पर्ने छपकैया ,फुलकौल लागयत सम्पूर्ण घाटमा छठ पूजाको तयारी ९० प्रतिशत पुरा भएको छ भने बाक़ी बिहानको १०बजे सम्म पूरा हुनेछ। छठमा पूजा गर्न आउनेहरूका लागि घाटमा टेन्ट निर्माण, बिजुली बत्ती र रातिका लागि जाग्रमस्थल निर्माण कार्य पुरा भएको वडा अध्यक्ष बिरेन्द्र यादव यादवले जानकारी दिए ।

    यादवले आलोकन गर्दै छठ घाट मा हरेक वर्ष पूजा गर्ने भक्तालुको संख्या बढ्ने क्रम रहेको बताए ।

    सात हजारभन्दा बढी श्रद्धालुले सूर्यलाई जल चढाउने अपेक्षा गरिएको छ । अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई जल चढाउनुका साथै छठी मईयाको पूजा आराधना छठ पर्वको मुख्य विशेषता रहेको छ ।

    भगवान् सूर्यको पूजा आराधना गर्ने यो पर्व विधिवत् रूपमा कात्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म विधिपूर्वक मनाइन्छ।
    छठको पहिलो दिनलाई अरबा–अरबाइन पनि भनिन्छ।

    व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो जस्ता खाद्यान्न कार्तिक महीना भरी परित्याग गरी व्रत बस्ने परम्परा छ । छठ पर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ।