दाङकाे संस्कृत गुरुकुलमा सहयाेग प्रदान

  • ७ मंसिर २०८१, शुक्रबार १७:४७ मा प्रकाशित
  • ५ मंसिर, दाङ
    राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा कार्यरत डाक्टरद्वय बम बि.सी. तथा अक्षिता के.सी.बाट आज आफ्नाे तेस्रो वैवाहिक वर्षगाँठकाे सुखद अवसरमा घाेराही ७ उत्तरवाहिनी क्षेत्र शुक्रवारस्थित संस्कृत गुरुकुलमा रहेका वटुकहरू तथा आश्रमका लागि भनी १६ थान न्यानाे ब्ल्याङ्केट प्रदान गर्नु भएकाे छ ।

    अभिभावकहरू बेञ्जु के.सी., माया के.सी. तथा याेगमाया शाक्यकाे उपस्थितिमा भएकाे कार्यक्रमबाट नयाँ पुस्तामा देखिएकाे सामाजिक उत्तरदायित्व बहनकाे विषयले सकारात्मक सन्देश प्रवाह गरेकाे थियाे ।

    घाेराही उपमहानगर पालिका ७ उत्तरवाहिनी क्षेत्र शुक्रवारमा सरजु उत्तरवाहिनीकाे तटमा संचालित श्री माता पवित्रदेवी साङ्गवेद संस्कृत गुरुकुलमा मंसिर महिना सुरुवातसँगै चिसाे बढेकाे समयमा यस्ता प्रकारका भाैतिक सामग्रीहरुले जाडाेकाे समस्या समाधान हुने साथै दान दाताहरुलाई आफूले गरेकाे कामबाट पूर्ण सन्तुष्टि मिल्नुका साथै सबैकालागि प्रेरणा प्रदान भई समाजमा सबैप्रति सेवाभावकाे भावनाकाे विकास गर्दछ । उक्त कार्यक्रममा गुरुकुल तथा आश्रम परिवारबाट आभार सहित वैवाहिक वर्षगाँठकाे अवसरमा वटुकहरूबाट सुस्वास्थ्य, दीर्घायु एवम् सुख,शान्ति, समृद्धिकालागि स्वस्ति वाचन सहित हार्दिक शुभकामना व्यक्त गरिएकाे थियाे ।