
पर्साका बहुदरमाई नगरपालिका वडा नम्बर ७ का फुलकौलमा रहेको अतिक्रणमा परेको सार्वजनिक जग्गालाई छुट्याउने कार्य भईरहेको छ ।
वडा नम्बर ७ का वडाध्यक्ष विरेन्द्र प्रसाद यादवले वडाको नेतृत्वमा सार्वजनिक जग्गा छुट्याउने कार्य भईरहेको जनाउनुभएको छ ।
समसान घाटको सार्वजनिक जग्गा अतिक्रणमा परेको हुदा वडाध्यक्ष यादवले वडा कार्यालयको लागतमा छुट्याउने कार्य गरिरहनुभएको जनाउनुभयो ।
यसअघि उहाँले वडा ७ कै बिश्रामपुर र फुलकौल जोड्ने सडकको अतिक्रमित जग्गा छुट्याई सक्नुभएको छ ।