साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३८ सम्पन्न

  • २३ आश्विन २०८१, बुधबार १८:२८ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ३८ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३८ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-


    १,
    दसैँ आयो आँगनमा
    मनाऔॅं आफ्नै पाराले
    उत्सव बनाएर आफ्नोपनमा ।
    २,
    ऋण नबोकाउने गरेर
    धार्मिक सहिष्णुतामा दसैँ
    बोलाऔॅं पाहुना सम्झेर ।
    ३,
    दसैँले सद्भाव बढाउॅंछ
    देखासिकीमा नरमाऔॅं कदापि
    सम्बन्धलाई नवीकरण गराउॅंछ ।

    • म्यामराज राई

      १,
      सिको नगरी खास
      निल्न सकिन्छ जति
      उत्रै हालौँ गास ।
      २,
      कसैले अप्रिय नभनोस्
      नभुलौँ आफ्नो औकात
      दसैँ दशा नबनोस् !
      ३,
      जथाभावी खर्च हानेर
      ठोक्नु नपरोस् टाउको
      दसैँ एकदिन मानेर !
    • वसन्त अनुभव, घोराही, दाङ

      १,
      दसैँ खुसीले मानौँ
      कदापि देखासिकी नगरी
      आफ्नो हैसियत जानौँ ।
      २,
      दसैँको महत्त्व बुझेर
      विकृति हटाउन लागौँ
      खुला मैदानमा उठेर ।
      ३,
      फजुल खर्च नगरोस्
      मानौँ चाडपर्व उमङ्ले
      दसैँ दशा नबनोस्।
    • भोज प्रसाद मगर, गैंडाकोट -३, पुर्वी नवलपरासी

      १,
      दसैँ आयो हाँसेर
      रमाऔॅं खुसीले सदैव
      सबैमा माया गाँसेर ।
      २,
      संस्कार संस्कृति धान्नु
      मान्यजनको आशीर्वाद थापेर
      ठुलोले भनेको मान्नु ।
      ३,
      निधारमा टीका थापेर
      सदैव मान्ने जनको
      टाउकोमा जमरा राखेर ।
    • बेदु न्यौपाने

      १,
      हैन देखासिकी गरेर
      औकातले भ्याउने मात्रै
      गरौँ हाँसीखुसी भरेर।
      २,
      संस्कार, संस्कृति मानेर
      मान्यजनको हातबाट टीका
      लगाई आसिक लिएर।
      ३,
      गरौँ यसको सामना
      सबैमा आउने बडादसैँको
      हार्दिक मङ्गलमय शुभकामना।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-क्यानडा,क्यालगरी।

      १,
      के बोकेर आयो?
      यसपालि दसैँ पर्व
      त्यसै सन्नाटा छायो ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी

      १,
      दसैँ आयो हेर ,
      आफ्नो गोजी हेर्नू,
      नक्कल नगर्नु धेर ।
      २,
      अर्काको शरीर खाएर,
      आनन्द नलिनु भन्छु
      बोतल सबै रित्याएर ।
      ३,
      दसैँ खास बनोस् ,
      सबैलाई दसैँको शुभकामना
      पानी छिट्टै रोकियोस् ।
    • दीपा समभाव, दुबेकोल खोटाङ्ग

      १,
      ऋण बोकाउन आयो
      चपेटामा परेको बेला
      दसैँले दशा देखायो ।
      २,
      केही छैन घरमा
      मेरो दसैँ जान्छ
      ढिँडो फर्सीको भरमा
      ३,
      दसैँ होइन दसा
      गरीबलाई सधैँ गरिबको
      लाग्दैछ अब नसा।
    • ललिता गिरी, सिन्धुली

      १,
      पुजौँ चन्द्रघण्टा माता
      मनमा श्रद्धा हाम्रो
      आजन्म सनातनी नाता ।
      २,
      हामी चिन्तन गरौँ
      फूल चढाएर मनले
      माताको शरण परौँ ।
      ३,
      कर्मको मातासँग खाता
      माता हाम्री ममत्व
      सुखरूपी छाया छाता ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी

      १,
      गर्दछौँ विपत्तिको सामना
      कसरी दिऊॅं विपतमा
      बडादसैँको तिमीलाई शुभकामना ।
    • चिरञ्जीवी श्रेष्ठ, धनकुटा ।

      १,
      चाडपर्व दसैँ हाम्रो
      फजुल खर्च नगरी
      दसैँ मनाऔॅं राम्रो ।
      २,
      रातो टीका लगाऔॅं
      अछेता प्रयोग नगरी
      दसैँ हामी मनाऔॅं ।
      ३,
      दसैँ बनोस् खास
      दसैँको सबैलाई शुभकामना
      नहोस् कसैको उठिबास ।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर

      १,
      मुस्कुरायो विपतमा पनि
      लेखेर राख त्यही
      हुन्छ संसारको धनी।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८

      १,
      विजयादशमीको पावन अवसरमा
      दुर्गाभवानीले बास गरून्
      सबै मानिसको घरघरमा ।
      २,
      रङ्ग र रसैमा
      नराम्रो सुन्न नपरोस्
      यो साल दसैँमा ।
      ३,
      दसैँ जस्तो चाडमा
      नभुलौँ कोही पनि
      रक्सी अनि जाँडमा ।
    • हिरामाया श्रेष्ठ, गजुरी १ धादिङ

      १,
      जमरा राखेर घरमा
      दसैँ मनाऔॅं हाँसेर
      नपरौँ कसैको करमा।
      २,
      ठुलाको आसिक लिऊँ
      आमाबाको सम्मान गरौँ
      सानालाई माया दिऊॅं ।
    • सविता भट्टराई, जनकपुरधाम

      १,
      नगर शरीरको नाश
      छन् उस्तै मान्छे
      नगरौँ नयाँ आस।
      २,
      चोरले चोरी गर्छ
      पूजा गर्छ मन्दिरमा
      अनि काममा सर्छ।
      ३,
      दसैँको छ शुभकामना
      हर्षोल्लासमा मनाउनु चाड
      नहोस् दु:खसँग सामना!
    • नवराज भट्ट, कञ्चनपुर

      १,
      विवेकले काम गरौँ
      निभ्दैछ स्वाभिमानको दियो
      सबैमा सद्भाव भरौँ ।
      २,
      विकृतिको अन्त्य गरौँ
      मनाऔॅं चाडपर्व रमेर
      समाज सुसंस्कारले भरौँ ।
    • ऋजु दिल्पाली (राजेन्द्र घिमिरे), ईटहरी १ सुनसरी

      १,
      खुसी बोकेर आयो
      गाउँ शहर सबैतिर
      दसैँको रौनक छायो ।
      २,
      दसैँ नेपालीको पर्व
      जोगाउदै संस्कार संस्कृती
      सबैले गरौँ गर्व ।
    • अनिता भण्डारी, ताप्लेजुङ

      १,
      जीवन बनोस् खास
      एकपटकको यो जुनीमा
      आनन्द रहोस् बास।
      २,
      आनन्दको पल आयो
      रमाइलो गरौँ सबैले
      दसैँको रमझम छायो।
      ३,
      हरेक वर्ष आउँछ
      परदेशीको मन दुखिरहन्छ
      गाउँको सम्झना छाउँछ।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ

      १,
      यसपालिको दसैँ सुनसान
      दैवीप्रकोपले धेरै क्षति
      कसको गर्नु गुनगान ?
      २,
      झण्डा नदेखाऊ हातमा
      राहत झोलामा देखाएर
      ब्रह्मलुटको रणनिती रातमा।
    • चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ

      १,
      कहिले बिगार्‍यो पानीले
      समयमा सोच नपुग्दासम्म
      कहिले बिगार्‍यो जवानीले !
    • आर्त अकुलीन

      १,
      चोट नलागोस् मनमा
      दसैँ तिहारमा रमाइलो
      हुन्थ्यो साँच्चै बालापनमा।
      २,
      परिस्थितिले नगरोस् बदमास
      दसैँको शुभकामना सबैमा
      गरौँ रमाउने प्रयास।
    • अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ

      १,
      रमाइलो गरौँ दसैँमा
      साथीभाइ भेटघाट गरौँ
      नक्कल नगरौँ रसैमा ।
      २,
      सामाजिक सद्धवान गरौँ
      हिन्दु बौद्ध किरातलाई
      विभेद दिमागमा नभरौँ ।
      ३,
      हत्या हिंसा नगरीकन
      चाडपर्व मनाऔॅं सबैले
      शान्ति मिल्दैन मरीकन।
    • एवाइ प्रभात, सहिदभुमि ३ धनकुटा

      १,
      सद्भावको एउटै भावना
      देश प्रदेशमा सबैलाई
      बडादसैँ पर्वको शुभकामना ।
      २,
      बेमौसमी झरी भएर
      चाडपर्वको तामझाम मिलाउँदै
      सबै प्रताडना सहेर ।
      ३,
      चाडपर्वको नौलो उमङ्ग
      बालबालिका खुसी देखिन्छ
      हातेमालोमा पर्दै दङ्ग ।
    • मोती योन्जन सुब्बा, दार्जिलिङ

      १,
      जब चाडपर्व आउँछ
      घरको यादले जहिलेसुकै
      परदेशी युवालाई रुवाउँछ l
      २,
      दसैँ बनोस् खास
      हरेक जनको घरघरमा
      नवदुर्गाले गरून् बास l
      ३,
      सबैले गरौँ गर्व
      गच्छे अनुसारको खर्चद्वारा
      मनाऔँ खुसीले चाडपर्व l
    • बाबुराम गौतम, गुल्मी

      १,
      नहोऊन् जनता वञ्चित
      प्रतिभा हुन्छ सबमा
      सधैँलाई राखौँ सञ्चित ।
    • प्रेम थापा “मन”, बागलुङ

      १,
      आउनलाई त आयो
      हिन्दुहरूको ठूलो पर्व
      प्रकृतिले खुसियाली खायो ।
      २,
      घरबास उठाएर रुवायो
      आँखामा आँसुको बाढी
      प्रकृतिले प्राण उडायो ।
      ३,
      रोदनले खुसीयाली हरायो
      पीडैपीडाको भुमरी चल्नलाई
      यसपालि हाप्सिलो करायो।
    • घनश्याम पन्त, हरिवन सर्लाही

      १,
      खुसी बोकी आउँछ
      दसैँ सबैतिर हेर
      आनन्दले मन रमाउँछ।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न.पा. ६ संखुवासभा

      १,
      पुजेर शक्ति देवका
      मानव हामी सबैले
      त्यागेर भव भेदका ।
      २,
      बढप्पन सबैले त्यागेर
      सामान्य जीवन उत्तम
      भगवान् भक्तिमा लागेर ।
      ३,
      सधैँभरि उच्चतम भावना
      यो सालको बडादसैँको
      सबैलाई छ शुभकामना ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ

      १,
      मान्यजनको आशीर्वाद पाएर
      हामी एकसाथ रमाउॅंछौ
      बडादसैँमा हर्षोल्लास गाएर ।
      २,
      केवल खुसी छान्छौँ
      भुलाएर भएको पीर
      मिलिजुली चाडपर्व मान्छौँ ।
      ३,
      चाडपर्व आएपछि खाली
      परदेशीको दु:ख रोदन
      फेरि सुन्नुपर्‍यो यसपालि ।
    • पृथक प्रकृति ,झापा

      १,
      झिल्का लेख्न झरेँ
      दसैँको शुभ अवसरमा
      शुभकामना अर्पण गरेँ!
      २,
      सुहाउँदैन देखावटी हाँसो
      कसरी खुसी हुनु
      लगाएर गलामा पासो!
    • मन्दिरा सेढाई, मलेखु, धादिङ

      १,
      दसामा दसैँ आयो
      बिचल्ली भेलबाढी पहिरोले
      जनतामा ग्रहण छायो ।
    • दिलिप राई ‘सगर’

      १,
      बोकेर मखमली हर्ष
      आउ बडादसैँ आँगन
      मेटाई सारा सङ्घर्ष ।
      २,
      घाँटी हेरेर मनाउनु
      देखासिकी गरेर होइन
      सद्भाव साट्ने बनाउनु ।
      ३,
      मिलन हुन् छुट्टिएका
      दसैँको निउॅं पारेर
      जोडिउन् मन चुट्टिएका ।
    • राज बहादुर बडुवाल, कनकासुन्दरी -५,जुम्ला

      १,
      दसैँ सबैको हराभरा
      देखासिकी नगरी मनाऔॅं
      लाग्ला है दशा ।
    • जनक बिसी, दक्षिणभारत कोचिन

      १,
      चाडपर्व घरमा छायो
      खुसी कतै दुःख
      यसपालिको दसैँ आयो ।
      २,
      बडादसैँको समय आएर
      गाउँघरमा छ रमाइलो
      जताततै खुसी छाएर ।
      ३,
      चाडपर्व हामीले मान्नुपर्छ
      बडादसैँमा भएर खुसी
      खर्च गर्न जान्नुपर्छ ।
    • कृष्ण बजगाई, भक्तपुर

      १,
      देशको राष्ट्रिय पर्व
      मनाऔॅं हर्ष, उल्लासले
      सबैलाई लागोस् गर्व।
      २,
      आयो है चाडबाड
      घाँटी हेरेर मात्र
      निल्ने गरौँ हाड।
      ३,
      उराठ लाग्नु हुँदैन
      मिठो मुस्कान दिएर
      बोले दुःखले छुँदैन।
    • शशीश्री आचार्य

      १,
      दुर्दशा कसैलाई नपरोस्
      देख्ने आँखामा भविस्यको
      टुसा मनमा पलाओस्।
    • सुनगाभा पोखरेल, हाल: नेपालगन्ज

      १,
      हृदयदेखि प्रफुल्ल हाँस्यो
      उमङ्ग जोशको जाँगर
      समाजामा नाता गाँस्यो ।
      २,
      दसैँ जताततै फिक्का
      न गोजीमा नोट
      गरिबको हातमा सिक्का ।
      ३,
      समय खेर नफाल
      बेलैमा गरेको सङ्घर्षले
      वैमनस्य मनमा नपाल ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड

      १,
      चाडपर्व दसैँ आयो
      आदिशक्ति दुर्गा देवी
      भवानीको चर्चा छायो ।
      २,
      परदेशी घर आए
      टाढिएका सबै परिवरसँगै
      आफन्तले मिल्न पाए।
      ३,
      भुलाएर व्यथा पीर
      पिङ खेल्दै रमाउँदै
      मनलाइ राखे थिर !
    • विवश पारदर्शी, झापा

      १,
      काव्य परिवर्तनको वाहक
      कसैको आस्थामा बिनसित्ति
      दुरुत्साही नगरौँ अनाहक ।
      २,
      कलम लेखकको हतियार
      कोरियोस् श्रमजीवीको गाथा
      नहोस् बेथितिको मतियार ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे

      १,
      उठौँ अब जङ्गी
      चाडपर्व आयो है
      बढिरहेछ दिनदिनै महङ्गी ।
    • दीप गोले तामाङ

      १,
      दुर्गा माताको शक्तिले
      गरून् सबैको कल्याण
      नवारात्रिमा पुज्छौँ भक्तिले।
      २,
      थाप्छौँ जमरा टीका
      लिन्छौँ मान्यको आशीर्वाद ,
      नबनोस् चाड फिका।
      ३,
      सबैमा खुसी छाओस्
      नेपालीका घर आँगनमा ,
      चाडको माहोल आओस्।
    • सुस्मिता अधिकारी ,काठमाडौँ

      १,
      दसैँ आयो भन्छन्
      सर्वत्र छ रमाइलो
      केटाकेटी दक्षिणा गन्छन् ।
      २,
      वर्ष दिनको चाड
      रमाइलो हुने भयो
      दु:ख मान्न छाड ।
      ३,
      मेरो सधैँ चाहना
      सबैको भलो होस्
      दसैँको यही शुभकामना ।
    • राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ

      १,
      पशुपन्छीको हत्या गरी
      दसैँ मनाउछौ मान्छेहरू
      मनमा पापैपाप भरी।
      २,
      हिन्दुहरूको दसैँ पर्व।
      मङ्गोलियन हूँ म
      छैन खासै गर्व ।
    • वेल थोकर तामाङ, बकैया – ८, बस्तिपुर, मकवानपुर

      १,
      खुसीको महोत्सव दसैँ
      बाढीले बिचल्ली पारेर
      सर्नु नपरोस् बसैँ !
      २,
      दसैँको शुभकामना जनमा
      सुख शान्ति समृद्धिसँगै
      खुसी छाओस् मनमा !
      ३,
      खुसी सबको चाहना
      दसैँ भव्य बनाऔॅं
      यही छ शुभकामना ।
    • अच्युत घिमिरे, सर्पाङ, भुटान

      १,
      हातको मुठी फुकाऔॅं
      दुखमा परेकाको लागि
      गुनको मूल्य चुकाऔॅं ।
      २,
      घरघरमा जमरा राखौँ
      कसैलाई नपरोस् रुन
      थारुका ढिक्री चाखौँ ।
      ३,
      ठुलाबाट आशिर्वाद लिऔॅं
      आपसमा सद्भाव राखेर
      सानालाई आशिष् दिऔॅं ।
    • धनमाया चौधरी कैलाली

      १,
      चाडपर्व यसै आयो
      रुवाउनु रुवायो सबैलाई
      सम्पत्ति परिवार खायो ।
      २,
      गरिबीको चपेटामा आयो
      चाडपर्व यसरी धमाधम
      बाढीले देश खायो ।
    • दुर्गा आचार्य, मोरङ

      १,
      तिमी आफै जाऊ
      लाग्नु छैन पछि
      चाहिएन झुटो दाउ ।
      २,
      मलाई टोलाई नहेर
      तिम्रो नजर बुझ्छु
      मेरो हृदय चिरेर।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार

      १,
      आयो दसैँ आज
      सहज साधारण मनाऔँ
      नमानि कुनै लाज ।
      २,
      काढेर ऋण लगाउँदिन
      जस्तो पाक्ला घरैमा
      बाहिरको भोजले अघाउँदिन ।
      ३,
      संसारै हुन्छ घर
      आफ्नै बुतामा उठौँला
      नपरौँ कसैमा भर ।
    • पुष्पा राई, बादेल, खोटाङ

      १,
      महान् चाड आयो
      रमेर मनाउँ पर्व
      हर्ष उमङ्ग ल्यायो ।
    • शोभा आचार्य गौतम, काठमाडौँ

      १,
      देवतालाई सधैँ भाखेर
      गर्छौँ कार्यहरू हामी ,
      मनमा आस्था राखेर ।
      २,
      नौ रङ्गको जमरा
      पूजा गरौँ माताको
      जीवन बन्छ हराभरा।
      ३,
      कमेराले घर लिपेर
      सिँगारी भित्ताहरू हामीले ,
      दसैँको स्वागतमा हेर ।
    • सीमा कार्की समर्पण

      १,
      बगाउॅंदा बाढीले सलल
      चिच्चाएर गुहार माग्दा
      हाँस्छ सरकार गलल।
    • लोक बहादुर छेत्री लामिछाने, मोदी गा पा २ देउपुर पर्वत

      १,
      तन्दुरुस्त होस् तन
      दाहिना बनून् देवी
      होस् स्वच्छ मन ।
      २,
      धनकी देवी छाउन
      सबका घर घर
      धन पैसा पाउन ।
      ३,
      पवित्र मनको कुरा
      पूरा गरून् माता
      लक्ष्मीको आशिष् पूरा ।
    • भिक्षु ईश्वर, सुदुरपश्चिम, रामारोशन गाउँपालिका अछाम

      १,
      सबैका घरघरमा आयो
      महान् पर्व बडादसैँ
      मनमा हर्षले छायो।
      २,
      राखौँ आपसमा सुभावना
      यो बडादसैँमा स्वीकार्नुहोस्
      यो भुँइमान्छेको शुभकामना।
      ३,
      टीका हुन्छ निधारमा
      कानमा जमारा पनि
      छाउँछ सुखशान्ति परिवारमा।
    • सतीश पण्डित, भानु६ चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ)

      १,
      दसैँ आयो फेरि
      तडकभडक छोडेर सबै
      मनाउनु घाँटी हेरी ।
      २,
      विकृतिलाई हटाएर सबै
      फिजाऔॅं सद्भाव हामीले
      अबको यो दसैँ ।
    • दुर्गा भट्टराई, मोरङ

      १,
      आयो दसैँ पर्व
      आफूसँग जे छ
      त्यसैमा गरौ गर्व ।
    • देवकृष्ण काफ्ले

      १,
      कति मिठो संस्कार
      शारदीय ऋतुले बोकेको
      जमघटको स्वादिलो अचार ।
      २,
      प्रकृति अस्तित्वकी भोकी
      सम्झना अतितको दसैँको
      आयो वेदना बोकी ।
    • ममिता पौडेल भण्डारी

      १,
      धुलो मैलो फालेर
      दसैँ मनाउन तयारी
      घरका भित्ता टालेर ।
      २,
      प्रदेशी दाजुभाइ फर्किए
      दसैँ तिहार मनाउन
      सपरिवारमा खुसी दिए ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
      कनकाई ४ झापा

      १,
      आयो दसैँ चाड
      महान् पर्व हाम्रो
      नखानु रक्सी जाँड।
    • बिके मुखिया

      १,
      दसैँ नेपालीहरूको पर्व
      नवदुर्गा भवानीको पूजा
      गर्दा लाग्छ गर्व ।
      २,
      घर जानेको लर्को
      नमनाउनु कसैले पनि
      ओढेर ऋणको बर्को।
      ३,
      चर्की आउँछ छाती
      भोका नाङ्गा देख्दा
      दसैँ नआएकै जाति ।
    • रुना कर्माचार्य दाहाल, चितवन

      १,
      दसैँ घर आएको
      झिल्काकार सर्जकहरु र
      मान्यजनहरूको माया पाएको ।
    • रबि पौडेल ,जैमिनी -७ बाग्लुङ

      १,
      बाढी पहिरोको आहत
      खान बस्नका लागि
      जुटाऔॅं मिलेर राहत ।
      २,
      दुखसुखको साथी बनौँ
      अर्कालाई पीडा पर्दा
      होस्तेमा हैंसे भनौँ ।
      ३,
      हुन्न दुखमा आत्तिनु
      सुख भयो भन्दैमा
      कोही कहिल्यै नमात्तिनु ।
    • जयनारायण नेपाल, इलाम ,(हाल सूर्य विनायक २, बालकोट ,भक्तपुर )

      १,
      नराम्रो कसैले नभनोस्
      फजुल खर्चले दसैँ
      कसैको दशा नबनोस् ।
      २,
      ऋणले सेकिन्छ ढाड
      दु:ख पाइन्छ घाँटी
      नहेरी निल्दा हाड ।‌
      ३,
      बसेपछि जुवाको खालमा
      उजाडिन्छ सुन्दर घर
      डुबिन्छ ऋणको आहालमा ।
    • शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ

      १,
      दसैँ यसपालि वर्षाको
      जोखिम मोलेर नहिँडौँ
      गरेर नक्कल अर्काको ।
      २,
      फजुल खर्चलाई घटाऔॅं
      दुर्दशा हुन्छ आफैलाई
      देखासिकी भाव हटाऔँ ।
      ३,
      चाडपर्व हाम्रो पहिचान
      वैज्ञानिक संस्कृति मानेर
      जोगाउनु पर्छ स्वाभिमान ।
    • पद्मा काश्यप पाण्डे, मोरङ

      १,
      बाढी र पहिरो
      जताततै गाएको देखेर
      मनमा चोट गहिरो ।
      २,
      साह्रै विक्षिप्त भइयो
      सबैको दुःख देखेर
      झन् पीडा थपियो ।
    • लक्ष्मण देउवा, डोटी

    ::::::::जय झिल्का साहित्य ! :::::::::

    4 thoughts on “साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३८ सम्पन्न

    Leave a Reply