हामी नेपाल नामक संस्थाद्वारा पर्साको विभिन्न स्थानमा खाद्यन्न तथा लत्ताकपडा वितरण

  • ३ फाल्गुन २०८०, बिहीबार १३:५८ मा प्रकाशित
  • पर्सा-०३, पर्साको जिराभवानी गाउँपालिकामा बालबालिकाको लागि न्यानो कपडा वितरण गरिएको छ । पालिकाको वडा नंं १ स्थित श्री बाल मन्दिर प्राथमिक विद्यालय विन्टोली महादेवपट्टीका बालबालिकाका लागि न्यानो कपडा वितरण गरिएको हो ।


    विद्यालयमा अध्ययनरत ८५ जना विद्यार्थीलाई ट्याक सुट वितरण गरिएको सामाजिक अभियान्ता प्रकाश थारुले जनाए । प्रणय दिवसको अवसरमा पारेर उक्त सामग्रीहरु वितरण गरिएको उनले बताए । हामी नेपाल नामक सस्ंथाले उक्त विद्यालयका बालबालिकाहरुका लागि न्यानो कपडा बाडेँको सामाजिक अभियान्ता थारुको भनाइ छ ।


    सस्ंथाका अध्यक्ष सब्बु पौडेलको अध्यक्षतामा भएको कार्याक्रममा संस्थाका सदस्य सरद पौडेल, भवानी श्रेष्ठ, वडाध्यक्ष रामशरण खवास, समाजसेवी प्रमोद यादव, अजगेवीनाथ चौधरी लगायत विद्यालयका शिक्षक, शिक्षिका, स्थानीय भद्रभलादमीहरुको सहभागिता रहेको थियो ।
    यसैबिच सोही सस्ंथाका सम्पूर्ण आर्थिक सहयोगमा पर्साको धोबिनी गाउँपालिकामा अपाङगता भएका एकजना परिवारलाई खाद्यन्न तथा लत्ताकपडा वितरण गरिएको छ । वडा नंं ३ हरिहरपूर निवासी २३ वर्षका खेमराज पटेललाई खाद्यन्न तथा लत्ताकपडा वितरण गरिएको सामाजिक अभियान्ता थारुले जनाए ।

    Leave a Reply