
बारा जिल्लाको महागढीमाई न.पा. वार्ड न. १० गन्जभवानीपुर स्वास्थ्य उपचार केन्द्रमा नि: शुल्क महिला प्रसुती रोग उपचार केम्प राखियेको थियो ।
लायन्स कल्ब ऑफ बिरगंज ,लायन्स कल्ब ऑफ बारा गन्जभवानिपुर तथा उपकार सेवा नेपाल को सयुक्त आयोजनामा श्री राम अस्पताल बिरगंजको स्त्री रोग विशेषज्ञ डाक्टर दीप्ती यादव र डाक्टर प्रीती यादव को प्राबिधिक सहयोगमा ९०जना सर्बसधारण महिला बिरामी हरु प्रत्येक्ष लभान्बित भएका छ ।

निज बिरामहरुलाई चेकजाँच गरि नि:शुल्क औषधी समेत उप्लब्ध गराइएको थियो ,डाक्टरहरुको अनुसार ८०%बिरामीहरु महिनवारीको समयमा पेट दुख्ने तथा योनिबाट सेतो पानी बग्ने समस्या देखा परेको छ।
यस कार्यक्रममा उपकार सेवा नेपाल को तर्फबाट अध्यक्ष बिद्या कुमारी सरावगी सदस्यहरु सुमन बगेडिया र अङ्गकुर शर्मा शिवानी शर्मा तथा लायन्स क्लबको तर्फबाट प्रबिन कुमार माली र बंशराज गुप्ताको सहभागीता रहेको थियो , सो कार्यक्रममा स्थानीय भाद्रभलादमी समेत उपस्थिति रहेको समाजीक अभितनता प्रकाश थारूले बताए।