लायन मेल्भिन जोन्सको १४५औ जन्म जयन्तीको अवसरमा कम्बल बितरण

  • २८ पुष २०८०, शनिबार ०८:३६ मा प्रकाशित
  • उमेश कुशवाहा वीरगंज- लायन मेल्भिन जोन्सको १४५औ जन्म जयन्तीको अवसरमा कम्बल बितरण गरिएको छ।

    लायन्स क्लब ओफ बिरगंज सेन्ट्रलले, पर्सागढी नपा.-५ जिङ्नाको मुसहर बस्तीका गरिब ,अपाङ्ग ,असहाय , एकल महिलाहरुलाई शितलहरको समयमा न्यानो कम्बल ४० थान वितरण गरिएको छ।

    क्लबको सदस्य मिनाक्षी कर्मचार्य गुप्ता, बिद्या सरावगी, समाज सेवी प्रकाश थारू, स्थानीय अनिल ओझा लगायत भद्रभलादमी हरुको उपस्थितिमा एक कार्यक्रम बीच वितरण गरिएको थारूले बताउनु भयो।

    हरेक बर्ष झै यस बर्ष पनि लायन अन्तराष्ट्रियका संस्थापक लायन मेल्भिन जोन्सको १४५औ जन्म जयन्ती बिश्वभरीनै जनवरी ७ देखी १३ सम्म मनाउने गरिन्छ।

    Leave a Reply