जाडोको मौसमको मध्य नजर गर्दै उपकार सेवा नेपालद्वारा विधार्थीलाई जूता बितरण।

  • २ पुष २०८०, सोमबार २०:१२ मा प्रकाशित
  • उमेश कुशवाहा– बिरगंज महानगरपालिका वार्ड न-३२ टेढा स्थित श्रीमती मन मिश्र अधारभूत. बिद्यालय टेढा सिमरामा कक्षा १देखी कक्षा ८ जम्मा ६३८जना अध्यनरत बिद्यार्थी मध्ये कक्षा १ का ७७ जना कक्षा २ का ७७ जनालाई र कक्षा ३मा अध्यनरत ९६ जना गरि जम्मा २५० जना बिद्यार्थीहरु को लागी जाडेा मौसमको मध्य नजर गर्दै जनही एक जोडा छालाको जुत्ता र एक जोडी मोजा उपकार सेवा नेपालद्वारा बिधयालय प्रङ्गणमा एक कार्यक्रम बीच सहयोग प्रदान गरिएको छ ।

    उपकार सेवा नेपालको तर्फबाट संस्था की अध्यक्ष बिद्या कुमारी सरावगी सदस्यहरु द्वय सुमन बगेडिया र अंकुर शर्मा को टोलि बिधयालय प्रङ्गणमा एक कार्यक्रम बीच हस्तान्तरण गरिएको समाजिक अभियन्ता प्रकाश थारुले बताउनु भयो।

    सो कार्यक्रममा बिधयालय प्रधानाध्यापक राजाराम साह शिक्षक बिक्रम पौडेल , शिक्षिका मीना कुमारी कार्की लगायत बिद्यार्थी शिक्षक शिक्षिका तथा अभिभावकहरु समेतको उपस्थिति रहेको थियो ।

    यो संस्था पहिला पनि बिभिन्न ठाउहरुमा अशक्त, बृद्ध, असाहाय, बालबालिकाहरुलाई सहयोग गर्दै आइरहेको छ।

    Leave a Reply