
हेल्पिङ्ग लाइभ्स लण्डनको आर्थिक सहयोग तथा इन्टरनेसनल युथ सोसाइटी नेपाल, काठमाडौंको समन्वय तथा पिसफोर दलितस फाउन्डेसन नेपाल, मधेश प्रदेश, पर्साको सहजीकरणमा पर्सा जिल्लाको ग्रामीण भेगको अति विपन्न, गरीब , मुस्लिम ,सीमान्तकृत तथा दलित बालबालिकाको लागि शैक्षिक सामग्री तथा पौष्टिक आहार खानेकुरा वितरण गरिएको छ।
पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-३ को कौवाबन गाउँको मुसहर बस्तिको बालबालिका , कटैया गाउँको बालबालिका , वडा-५, महुवनको दलित प्राथमिक विद्यालयको बालबालिका , बिरगंज महानगरपालिका वडा-१९ , बिन्दबासनी केहुनिया गाउँको बालबालिका गरि ५६० जना बालबालिकाको लागि शैक्षिक सामग्रीहरु तथा पौष्टिक आहार वितरण गरिएको छ।
अति विपन्न , मुस्लिम , दलित , सीमान्तकृत बालबालिकाको लागि शैक्षिक सामग्रीहरुमा ६ वटा कापी, २ वटा कलम, ३ वटा सिसाकलम , २ वटा कटर , २ ईलेजर तथा खानेकुरामा प्रति बालबालिका ४ वटा वाइवाइ चाउचाउ र बिस्कुट वितरण गरिएको छ।
लन्डनबाट आउनु भएको हेल्पिङ्ग लाइभ्स, लन्डनको फाउन्डर पेसिडेन्ट तथा बरिस्ठ समाजसेवी जाबिद अखतर ज्युले पिसफोर दलितस फाउन्डेसन नेपालले गरेको कार्य तथा संस्थाको कार्य क्षेत्रहरूको अनुगमन , निरीक्षण गर्नुभएको छ साथै स्थानीय सामुदायिक छलफल तथा अन्तक्रिर्या गर्नुभएको छ।
लन्डनको हेल्पिङ्ग लाइभ्सको फाउन्डर पेसिडेन्ट तथा अन्तर्राष्ट्रिय बरिस्ठ समाजसेवी जाबिद अखतरले गरेको कामको मुल्यांकन तथा समाजको सेवा गरेको उहाँलाई पिसफोर दलितस फाउन्डेसन नेपाल टिमले दोसाला ओढाएई सम्मान पत्रले सम्मानित गरिएको छ।
उहाँको कामको मुल्यांकन , जानकारी प्राप्त गरि , उहाँले बालबालिकाको लागि गरेको सहयोगको प्रसंशा गरि दलित समुदायको अगुवा चोटक राम ज्युले धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ।
दलित समुदायको रुपान्तरण , परिवर्तन तथा विकासको लागि निरन्तर सहयोग गर्ने , मधेश प्रदेश र पर्सा जिल्लाको दलित समुदायमा पटकपटक आउने अन्तर्राष्ट्रिय स्थरको बरिस्ठ समाजसेवी तथा इन्टरनेसनल युथ सोसाइटी नेपालको अध्यक्ष आदरणीय डा. पिया रतन महर्जन ज्युलाई दलित समुदायले उहाँलाई सम्मानित गरेको छ।
इन्टरनेसनल युथ सोसाइटी नेपालको अध्यक्ष तथा अन्तर्राष्ट्रिय स्तरको बरिस्ठ समाजसेवी डा. पिया रतन महर्जन ज्युले हाम्रो संस्थाको कार्यको मुल्यांकन गरि दलित समुदायको सामुदायिक रुपान्तरण , सामुदायिक सशक्तीकरण , विकास तथा बालबालिकाको सहयोग र कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ साथै दलित समुदाय तथा बालबालिकाको लागि प्रगतिको शुभकामना दिनुभएको छ।
लन्डनको हेल्पिङ लाइभ्सको फाउन्डर पेसिडेन्ट तथा बरिस्ठ समाजसेवी जबिद अखतर ज्युले पिसफोर दलितस फाउन्डेसन नेपालको कार्य , कार्य क्षेत्रहरूको अनुगमन , मुल्यांकन तथा निरीक्षण गरि फाउन्डेसनको टिमको हौसला प्रदान गरि , कामको प्रसंशा गर्नुको साथै फाउन्डेसन संग सहकार्य गरि दिगो विकास तथा सामुदायिकको जीवनमा मद्दत गर्न सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ।
लन्डनको हेल्पिङ लाइभ्स फाउन्डर पेसिडेन्ट तथा अन्तर्राष्ट्रिय बरिस्ठ समाजसेवी जाबीद अखतरको टिम र इन्टरनेसनल युथ सोसाइटी नेपाल, काठमाडौंको अध्यक्ष तथा अन्तर्राष्ट्रिय स्तरको बरिस्ठ समाजसेवी डा. पिया रतन महर्जन ज्युको टिम पर्सा जिल्लामा शैक्षिक सामग्री वितरण तथा परोपकारी कार्यक्रम ( च्यारिटी कार्यक्रम ) २ दुई दिने रहने कार्यक्रम रहेकोे छ।
डा.पिया रत्न महर्जन काठमाडौ नेपालमा बस्ने सामाजिक, सामुदायिक विकास र मानवीय बरिस्ठ समाजसेवी हुन्। उनीसँग युवा विकास र अन्तर्राष्ट्रिय मामिलाहरूमा व्यापक अनुभव छ। उनी स्थानीय र विश्वव्यापी रूपमा परिचित छन्। उनले विभिन्न अन्तर्राष्ट्रिय फोरम, सम्मेलन र विश्व निकायहरूमा शान्ति निर्माण, सामाजिक समुदाय र युवा विकास जस्ता वकालतहरूमा युवाहरूको आवाज पुर्याउनमा ध्यान केन्द्रित गरे। उनले मेटा सेन्टर अनाथाश्रम विद्यालयको स्थापना गरेका छन् र त्यहाँ बीस वर्ष सेवा गरिरहेका छन्। हाल उनी अन्तर्राष्ट्रिय युवा समाज, ट्र्याक नेपाल र इन्टरफेथ पिस फेडेरेसन नेपालको अध्यक्षको रुपमा कार्यरत छन् । उहाँ सामाजिक कार्यको लागि नेपालको दुर्गम दलित बस्ती लगायत अन्तर्राष्ट्रिय स्तरको निरन्तर यात्रा गर्नुहुन्छ ।
हेल्पिङ्ग लाईभ्स लन्डनले बालबालिकाको शुल्क र शिक्षा ,सीमित यातायात विकल्प भएका बालबालिकाका लागि साइकल दान गर्ने,खाद्य दान / खाद्य बैंकहरू ,आर्थिक सहयोग (परिवार, विधवाहरूको लागि सहयोग ),परिवार र व्यक्तिहरूले आफूलाई समर्थन गर्न सकून् भनेर सीपहरू सिक्नको लागि प्रशिक्षुहरू,महामारी सहायता, सामुदायिक पूजा स्थल र शिक्षाको निर्माण, युवा क्लबहरूलाई सहयोग गर्ने कार्य तथा बालबालिकाको शैक्षिक सहयोग र च्यारिटिको काममा कार्य गरिएको छ।
यो सबै देशमा मानिसको जीवन परिवर्तन , मद्दतको लागि सक्रिय लन्डनको हेल्पिङ लाइभ्स फाउन्डर पेसिडेन्ट तथा अन्तर्राष्ट्रिय बरिस्ठ समाजसेवी जभिद अखतर संधै रहनुभएको छ।
शैक्षिक सामाग्री, च्यारिटी कार्यक्रम, पौष्टिक आहार वितरण तथा कार्य क्षेत्रको अनुगमन कार्यक्रमको अध्यक्षता दलित अभिभावक संघको अध्यक्ष उर्मिला देवी मुसहर ज्युको अध्यक्षता , प्रमुख अतिथि हेल्पिङ्ग लाइभ्स , लन्डनको फाउन्डर पेसिडेन्ट तथा अन्तर्राष्ट्रिय बरिस्ठ समाजसेवी जाबीद अखतरको प्रमुख अतिथित्यता , विशिष्ट अतिथि अन्तर्राष्ट्रिय स्तरको समाजसेवी डा. पिया रतन महर्जन ज्यु , अतिथि निना राई , अतिथि रिजना चौलागाईं ज्यु, अतिथि दलित महिला सदस्य , दलित दबाब समुहको अध्यक्ष चोटक राम , पिसफोर दलितस फाउन्डेसन नेपालको कोषाध्यक्ष लिलावती देवी , सचिव दिपेन्द्र राम, सदस्य पारमानन्द राम, सुरेन्द्र पासवान, सन्जोग राम, उदम देवी, श्रीकान्ती देवी , कार्यक्रम संयोजक अशोक राम,बिनोद राम ,श्रावण साह लगायतको उपस्थिति रहेकोे छ।