शारीरिक अपाङ्ग ब्यक्तिलाई उपकार सेवा नेपाल संस्थाद्वारा व्हीलचेयर हस्तान्तरण।

  • १९ आश्विन २०८०, शुक्रबार १६:३० मा प्रकाशित
  • उमेश कुशवाहा वीरगंज

    उपकार सेवा नेपाल संस्थाले आज पनि एक जना शारीरिक अपाङ्ग भएको ब्यक्तिलाई व्हीलचेयर हस्तान्तरण गरेको छ।

    बिरगंज महानगर पालिका वार्ड न .६ को वडा कार्यलयमा एक कार्यक्रम बीच गरिब तथा शारीरिक अपाङ्गता भएको व्यक्तिलाई उक्त व्हीलचेयर सोही वार्डको वडा अध्यक्ष जय प्रकश साहको रोहवरमा संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगीले हस्तांरण गर्नु भएकी छन।

    बीरगंज-६ का वड़ा अध्यक्ष जय प्रकाश साह ,संस्थाको अध्यक्ष बिधा कुमारी सरावगी, सदस्य सुमन बगेडिया ,पावन अग्रवाल र समाजिक अभियन्ता प्रकाश थारू को उपस्थितिमा निज पीडितलाई सहयोग प्रदान गरिएको थारूले बताउनु भयो।

    त्यस्तै हिजो पनि एक थान व्हिलचेयर र बिभिन्न समान फरक फरक ठाउमा संस्थाले सहयोग गरेको थियो।

    Leave a Reply