
कपिलवस्तु जिल्ला मायादेवी गाउँपालिका पुर्ण साक्षर गाउँपालिका घोषण गरिएको छ । यस अघि पालिकाले ८ वटा वडा पुर्ण साक्षर घोषणा भैसकेकोमा एक कर्याक्रमका बीच गाउँपालिकालाई नै पुर्ण साक्षर घोषणा गरिएको हो ।
१५ देखि ६० वर्ष उमेर समुहका जनसंख्या ९५ प्रतिशत बढी साक्षर भए संगै गाउँपालिकालाई पुर्ण साक्षर घोषणा गरिएको मायादेवी गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमानले जानकारी दिए ।
पछिल्लो जनगणना अनुसार गाउँपालिकाका १५ देखि ६० वर्ष उमेर समुहका ९५ प्रतीशत बढि साक्षर भए पछि गाउँपालिका साक्षर घोषणा गरिएको अध्यक्ष मुसलमानले बताए । बाकी रहेको निरक्षर जनसंख्यालाई आगामी दिनमा निरन्तर सिकाइ तथा वैकल्पिक सिकाइको माध्यमबाट पालिकालाई साक्षर बनाउने योजना रहेको छ ।
बिधालय उमेरका बालबालिकालाई शत प्रतिशत बिधालय भर्ना गरि औपचारिक माध्यम बाट शिक्षा प्रदान गर्ने र बिधालय बाहिर रहेको तथा १५ वर्ष माथिका ब्याक्तीलाई सामुदायिक सिकाइ केन्द्रहरुको माध्यमबाट शिक्षा दिने ब्यवस्था गाउँपालिकाले मिलाउने छ ।
घोषणासभामा बोल्दै कपिलवस्तु १ का संघिय सांसद बलराम अधिकारीले गाउँपालिकालाई साक्षर घोषणा गरिए सङै साक्षरता र सचेतना कार्यक्रमलाई थप प्राथमिकता दिनु पर्ने बताए । शिक्षा सेवामा गरिने लगानीमा समुदायको अपनत्व आवश्यक रहेकोमा प्रदेशसभा सदस्य मधुसुदनशरण चौधरीले बताए ।
साक्षर गाउँपालिका घोषणा सङै बाकी निरक्षर जनसंख्या केन्द्रित कार्यक्रम अगाडि बढाउन जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचर्यले सुझाव दिए । जिल्ला साक्षर घोषणा गरि प्रदेशलाई नै साक्षर प्रदेश बनाउने अभियानमा गाउँपालिका पुर्ण साक्षर घोषणाले सहयोग पुर्याएको जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख थनेश्वर घिमिरेले बताए ।
पुर्बमन्त्री दान बहादुर चौधरी ,पुर्ब सांसद रामलौटन तिवारी ,पालिका उपध्याक्ष सरस्वती यादव ,पालिका शिक्षा शाखा प्रमुख माधब प्रसाद घिमिरे लगायतले गाउँपालिकालाई पुर्ण साक्षर गरिएसङै शिक्षाका कार्यक्रमले थप प्राथमिकता पाउने बिश्वास ब्याक्त गरे ।

