
जेठ 32- नेपाल राष्ट्रिय आधारभूत बिधालय निर्मलबस्तीमा आज अनौठो नाम पहिचान नभएको दुर्लभ प्रजातिको सर्प भेटिएको छ । बिधालय परिसरमा करीब १ हात लामो हेर्दामा अजिङ्गर सर्पको छालाको रङ देखिए पनि अजिङ्गर सर्प नभएको स्थानियहरुको दावी छ ।
दुर्लभ प्रजातिको सर्प देखिएको र यसको नाम समेत पहिचान गर्न नसकिएकाले उक्त सर्प लाई नियन्त्रणमा लिई निर्मल उपभोक्ता समिति मार्फत पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनलाई बुझाईएको समितिका अध्यक्ष चिन बहादुर श्रेष्ठले बताउनु भयो । पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले पनि यो दुर्लभ प्रजातिको सर्प भएको कारण अध्ययन तथा अनुसन्धान पछि मात्रै कुन प्रजातिको सर्प हो भन्ने थाहा हुने बताएको छ।

यसैबीच ठोरी-४ स्थित पानी ट्याङ्कीमा रहेको सर्प दशं उपचार केन्द्रकालाई उपचार केन्द्र सरसफाइका लागि भ्याकुम किलिनर प्रदान गरीएको निर्मल उपभोक्ता समीतिका अध्यक्ष श्रेष्ठले बताउनु भयो।
श्रोत :रेडियो बिजयबस्ती न्युज

