माओवादीको निष्कर्षः अनपेक्षित नतिजा, एमालेसँग पनि मिलेर सरकार बनाउने विकल्प खुल्ला

  • १७ मंसिर २०७९, शनिबार १८:३३ मा प्रकाशित
  • काठमाडौं । नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे छलफल भएको छ । आज दिउँसो चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बोलाइएको बैठकमा यस्तो छलफल भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

    बैठकपछि कुराकानी गर्दै महराले बर्तमान गठबन्धन छोड्ने निर्णय नगरेको तर सबै विकल्प खुला राख्ने निर्णय भएको बताउनुभयो । ‘बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन,’ उहाँले भन्नुभयो, ‘अन्य विकल्प पनि खुल्ला राख्ने निर्णय भएको छ ।’

    एमालेसँग पनि मिलेर सरकार बनाउने विकल्प खुल्ला राख्नु भएको हो भन्ने प्रश्नमा महराले भन्नुभयो, ‘सबै विकल्प खुल्ला छ, तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय हामीले गरेका छैनौं ।’

    बैठकमा चुनावी नतिजाबारे भने प्रारम्भिक छलफल भएको थियो । अपेक्षा गरेजस्तो नजिता नआएको निष्कर्षमा बैठक पुगेको महराले बताउनुभयो।

    Leave a Reply