काँच …

  • २१ मंसिर २०७९, बुधबार ०२:३७ मा प्रकाशित
  • धेरै तातो नहाल्नु!!

    फुट्छ!

    टुक्र टुक्रा हुन्छ सपना!!

    पौरखी नेपालीले पौरख बेचेर भाकेको  रङ्गीन सपना।

    तर सपनाको पनि हुन्छ र रङ्ग??

    कि बेरङ्ग हुन्छ सपना

               -पानी जस्तै।।

    कि काच जस्तै हुन्छ सपना??

    रङ्गीन सपना देख्न पल्केका युवा घामहरु

    पस्दैछ्न खाडीतिर

    तर पाउलान के उनेरले 

    रातको त्यो अध्यारोमा

    चन्द्रमा!!

    पाउँछन्!

     तर पटक पटक टुक्रेर घाम

    टुक्रा टुक्रा हुनुपर्छ

    अनि 

    प्रत्येक टुक्रामा लेखिनु पर्छ नाम

    चन्द्रमा!!!

    अँ !तातो विचार पसेर अहिले 

    टुक्रा टुक्रा भएकोछ कविता।।

    म बटुल्दैछु

         भूपीहरुलाइ

         देवकोटाहरुलाइ

    कविताको यी टुक्राहरु लगेर फ्याक्नेछु 

    देवालको च्यापमा।।

    तर हातैमा नआउने टुक्रा 

    खुट्टामा बिझे स्याप्टिक हुन सक्छ।।

    वी पी,मदन र प्रचण्डहरु बिझेर 

    भएको स्याप्टिक

     निको पार्न

    धाउदैछ नेपाल अहिले दुबई कतारहरु।।

    हयान्डल विथ केयर

    भित्र फुट्ने सामग्री छ

    काँच।।

    ……..,..

    दिपेन्द्र आचार्य सुमी

    सुर्योदय न पा २इलाम

    Leave a Reply